आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मङ्सिरमा हुने उपनिर्वाचनको तयारीका लागि कांग्रेसद्वारा समिति गठन

प्रकाशित
790
SHARES
Singha Durbar administrative court

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीको तयारीका लागि ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरेको छ । कांग्रेसले पार्टीको विधानबमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आज सो समिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य छन् । समितिको सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेको पार्टी कार्यालयले जनाएको छ । समितिलाई निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने, उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने कार्यक्षेत्र तोकिएको छ ।

यसैगरी उपनिर्वाचनमा उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण र समन्वय गर्ने गराउने, पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीको पक्षमा प्रचार प्रसार गर्न र मतदान उत्प्रेरित गर्ने, मतगणनालगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने तथा पार्टीको उम्मेदवार र सदस्यहरुबाट निर्वाचन कानून र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने लगायतका कार्यक्षेत्र तोकिएको पार्टी कार्यालयले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली भूमिमा बाह्य अतिक्रमण स्वीकार्य नहुने प्रष्ट पारेका छन् । आइतवार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसंग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता नगरेको बताए । उनले नेपाली भूमीमा बाह्य अतिक्रमण स्वीकार्य नहुने र यस्तो बिषयमा सम्झौता हुन नसक्ने बताएका छन् । उनले सरकारले राष्ट्रिय समहति अनुरुप गुमेको भूमि फिर्ता लिन तत्कार कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् । ‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन’, नेता कोइरालाले भनेका छन्रा,’ष्ट्रियताको मुद्दामा देखीएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्दछु।’

प्रतिक्रिया