आज : गते

ताजा शिर्षकहरु

नेपालमा पनि माहा चक्रवातको प्रभाव, आगामी २४ घण्टा सचेत रहन महाशाखाको चेतावनी

प्रकाशित
1.5K
SHARES

काठमाडौं । नेपालमा पश्चिमी वायुको साथै माहा चक्रवातको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै महाशाखाले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागमा भने मौसम सफा छ । महाशाखाका अनुसार बिहीबार आइतबार पश्चिमी, पूर्वी र मध्य पहाडी भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली भेगमा हिमपातको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी र पूर्वी तराईमा आंशिक बदली रही पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ – कार्तिक २१ गते बिहिबार दिउँसो देशको पश्चिम र मध्य भु-भाग लगायत पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भु-भागमा हिमपातको सम्भावना छ । राति देशको पश्चिम भु-भागमा आंशिक देखि सामान्य बदलि रही मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदलि र बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागमा एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भु-भागमा हिमपातको सम्भावना छ ।

कार्तिक २२ गते शुक्रबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पुर्वी तराइका भु-भागमा आंशिक बदलि रहने छ र बाँकि भु-भागमा सामान्यतया सफा रहने देखिन्छ। देशका पहाडि भु-भागको एक दुइ स्थानमा हल्का वर्षा र हिमालि भु-भागमा हिमपातको सम्भावना छ । राति देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। कार्तिक २३ गते शनिबार दिउँसो देशको पुर्वी भु-भाग लगायत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। राति देशको पुर्वी र मध्य भु-भाग लगाएत पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

प्रतिक्रिया