आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपनिर्वाचनको मनोनयन दर्ता बिहीबारदेखि, कास्कीमा साझाले खोज्यो कांग्रेसको साथ

प्रकाशित
1.5K
SHARES

काठमाडौं । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका, २०७६ को दफा २२ को अनुसूची–५ र स्थानीय तहका लागि स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ५ को अनुसूची–१ बमोजिमको ढाँचामा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ । ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यसैबीच साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई समर्थन गर्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ । तर कांग्रेस पदाधिकारीहरुको बैठकले यो प्रस्तावलाई अस्वीकार गरेको छ । मंगलबार बसेको पदाधिकारी बैठकमा कास्की २ को चुनावी अंकगणित, पार्टीको आन्तरिक विवाद लगायतका विषयमा गम्भीर छलफल भएको एक नेताले बताए ।

बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले साझा पार्टीको प्रस्तावबारे जानकारी दिएका थिए । साझाका संयोजक रविन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले आफूलाई टेलिफोन गरी कास्की २ मा आफ्ना उम्मेदवार रजनी केसीलाई सघाए अन्यत्र कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव राखेको उनको रिर्पोटिङ थियो ।

तर नेताहरुले अघिल्लो चुनावमा ८४३ भोट ल्याएको साझालाई १२/१४ हजार भोट ल्याएको कांग्रेसले कसरी सघाउने भन्ने प्रश्न गरेको स्रोतको दाबी छ । एक पदाधिकारीले भने, ‘हामी अरु पार्टीहरुसँग सहकार्यको सम्भावनालाई हामीले खुला नै राखेका छौं, तर कास्कीमा साझालाई छाड्न सकिन्न ।’

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पनि कास्की २ मा आफूहरुलाई समर्थन गर्न कांग्रेसलाई आग्रह गरेको स्वीकार गरे । राष्ट्रिय सभामा आफूहरुले सहयोग गरेको भन्दै उनले भने, ‘अहिले विपक्षीहरु एक ठाउँमा आएको सन्देश दिनु राम्रो भएकाले सद्भाव राखेर कास्की २ मा हामीलाई छाड्नुस् भनेका हौं ।

प्रतिक्रिया