आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बादलको आदेशमा अभियान टोलीमाथि प्रहरीले घेराबन्दी गरेपछि नेकपा आक्रोशित, विज्ञप्तिसहित

प्रकाशित
881
SHARES

दार्चुला । सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीमाथिको तिब्र दमन अझै कायमै राखेको छ । आइतबार मात्रै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को आदेशमा नेपाल प्रहरी र हतियारसहितको शशस्त्र प्रहरीले दार्चुलामा नेकपाको अभियान टोलीमाथि घेराबन्दी गरेको छ । ओली-बादल गृह प्रशासनले दार्चुलाको लेकम गाउँपालिकामा आफूहरुको अभियान टोलीमाथि दमनको असफल प्रयास गरेको नेकपाले जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेकपा दार्चुलाका इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मणले करिब ५ चौकीका प्रहरी तथा अत्याधुनिक हतियार सहितका शसस्त्र प्रहरी परिचालन गरेर चौतर्फी घेराबन्दी गरेर दमन गर्न खोजेको तर अभियान टोलीले घेराबन्दी तोड्न सफल भएको बताएका छन् । ‘नेकपाले चलाएको देशव्यापी अभियानका क्रममा युवा, महिला, विद्यार्थी तथा मजदुरहरु सहभागी रहेको अभियान टोलीलाई ठूलो संख्यामा (करिब ५ चौकीका प्रहरी तथा अत्याधुनिक हतियार सहितका शसस्त्र प्रहरी) परिचालन गरेर चौतर्फी घेराबन्दी गरेर दमन गर्न खोजे पनि अभियान टोलीले राती करिब १० बजे ओली–बादल गृहप्रशासनको घेराबन्दी तोड्न सफल भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

इन्चार्ज आकाश र सेक्रेटरी लक्ष्मणले अभियानमा अहोरात्र खटिएका निशस्त्र युवा, मजदुर, महिला र विद्यार्थीमाथि गरिएको सामाजिक फासिवादी दमनको घोर भत्र्सना गरेका छन् । ‘अभियानमा अहोरात्र खटिएका निशस्त्र युवा, मजदुर, महिला र विद्यार्थीमाथि गरिएको सामाजिक फासिवादी दमनको घोर भत्र्सना गर्दछौँ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

साथै नेकपाले निशस्त्र जनतामाथिको फासिवादी दमन बन्द गर्न ओली–प्रचण्ड नेतृत्वको सरकारलाई चेतावनी दिएको छ । अन्यथा जनतामाथि थोपरिएको फासिवादी दमनको प्रतिरोध गर्न आफूहरु बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ, -‘ओली–प्रचण्ड मण्डली नेतृत्वको डप्फालाई निशस्त्र जनतामाथिको फासिवादी दमन बन्द गर्न चेतावनी दिन चाहन्छौँ । अन्यथा जनतामाथि थोपरिएको फासिवादी दमनको प्रतिरोध गर्न हामी बाध्य हुने छौँ र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वंयम ओली बादल मण्डली हुनुपर्ने छ ।’

हेर्नुहोस विज्ञप्ति
“हाम्रो गौरशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी लामो समयदेखि देशमा भएका तमाम समस्याका बिरुद्ध निर्मम संघर्ष गर्दै आएको छ । देशमा प्रतिक्रियावादी राज्य सत्ताको संरक्षणमा भईरहेका भ्रष्टाचार, घुसखोरी, दलालीकरण, राष्ट्रघात र जनघातजस्ता जघन्य सामाजिक अपराधका बिरुद्ध नेपाल कम्युनिस्ट पार्टीले निरन्तर संघर्ष गरिरहेको छ । दलाल पुँजीवादका सुगा (नेपाली शासकहरु) दिनानु दिन जनतामाथि एकपछि अर्को घात गर्दै गएका छन् । स्थानीय तह, प्रदेश र संघीय सरकार भ्रष्ट अखडाका रुपमा स्थापित हुँदै गएका छन् । नेपाली युवाहरुले खाडीको ४५ डिग्रीको तापक्रममा पसिना चुहाएर पठाएको विप्रेषणले यहाँका संसदवादी तथा शासकहरुले मोजमस्ती गरिरहेका छन् ।

दिनानु दिन देशको ऋणभार बढ्दो छ । अर्थतन्त्र दलालहरुको कब्जामा परेको छ । सरकार दलाल, शिक्षा–माफिया, स्वास्थ्य–माफिया, जल–माफिया, भू–माफिया र मानव तस्करहरुको संरक्षण गरिरहेको छ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी, यी तमाम समस्याको सामाधानको लागि देशव्यापी अभियानमा जुटेको छ । नेकपाले चलाएको अभियानमा युवा, मजदुर, विद्यार्थी, महिला तथा बौद्धिक जमातको पनि देशैभरी उत्साहपूर्वक सहभागिता भईरको बेला ओली प्रचण्ड मण्डली नेतृत्वको सामाजिक फासिवादी सरकार भने, हाम्रो पार्टीले चलाएको अभियान रोक्न नाभीदेखिको बल प्रयोग गरिरहेको छ ।

यसैक्रममा हिजो दार्चुलाको लेकम गाउँपालिकामा ओली–बादल गृह प्रशासनले हाम्रो अभियान टोलीमाथि दमनको असफल प्रयास गरेको छ । नेकपाले चलाएको देशव्यापी अभियानका क्रममा युवा, महिला, विद्यार्थी तथा मजदुरहरु सहभागी रहेको अभियान टोलीलाई ठूलो संख्यामा (करिब ५ चौकीका प्रहरी तथा अत्याधुनिक हतियार सहितका शसस्त्र प्रहरी) परिचालन गरेर चौतर्फि घेरा बन्दी गरेर दमन गर्न खोजेपनि अभियान टोलीले राती करिब १० बजे ओली–बादल गृहप्रशासनको घेराबन्दी तोड्न सफल भएको छ । अभियानमा अहोरात्र खटिएका निशस्त्र युवा, मजदुर, महिला र विद्यार्थीमाथि गरिएको सामाजिक फासिवादी दमनको घोर भत्र्सना गर्दछौँ ।

ओली–प्रचण्ड मण्डली नेतृत्वको डप्फालाई निशस्त्र जनतामाथिको फासिवादी दमन बन्द गर्न चेतावनी दिन चाहन्छौँ । अन्यथा जनतामाथि थोपरिएको फासिवादी दमनको प्रतिरोध गर्न हामी बाध्य हुने छौँ र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वंयम ओली बादल मण्डली हुनुपर्ने छ ।’

प्रतिक्रिया