आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नक्कली सुन देखाएर लुटपाट गर्ने १ जना काठमाडौंबाट पक्राउ

प्रकाशित
740
SHARES

काठमाडौं । काठमाडौंको बौद्दबाट नक्कली सुन देखाएर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका ९ का २९ वर्षीय विशाल लामा रहेका छन् । लामा बौद्ध नयाँ बस्तीबाट पक्राउ परेको महानगरीय प्रहरी बृत्तका प्रमुख रमेश बहादुर सिंहले जानकारी दिए । पक्राउ परेका लामाबारे अनुसन्धान सुरु भएको उनले जानकारी दिए ।

यस्तै उता मोरङ्गको कटहरी गाउँपालिका १ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका २ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा भगतले उक्त हतियार मोरङ धनपालथान गाउँपालिका-७ कदमहा बस्ने २८ वर्षीय मुकेश कुमार मण्डलबाट प्राप्त गरेको खुल्न आए पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मण्डललाई समेत बिराटनगर महानगरपालिका-७ जलजला चोकबाट पक्राउ गरेको छ ।

उनीहरू अवैध हातहतियारको कारोवार गर्ने केही व्यक्तिहरुसँग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै यता नेपाल प्रहरीले काठमाडौँबाट तीन केजी १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले बताए ।

प्रतिक्रिया