आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रदेश प्रमुख नियुक्तिले नेकपाभित्र लफडा, माधव नेपाल फायर, प्रेस सल्लाहकारले लेखे यस्तो स्टाटस

प्रकाशित
1.5K
SHARES

काठमाडौं । प्रदेश प्रमुखहरुको सिफारिस सँगै सत्तारुढ नेकपाभित्र लफडा सुरु भएको छ । पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले एकपक्षीय ढंगले प्रदेश प्रमुख नियुक्त गरेको भन्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकपक्षीय निर्णयसहित सिफारिस गरेको भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गरेका हुन्। सोमबार बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो।

प्रदेश प्रमुखमा सिफारिस गरिएकामा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्। बैठकमा वरिष्ठ नेता नेपालले विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली र बेदुराम भूषाल लगायतको नाम प्रस्ताव गरेका थिए। बैठकमा नेता नेपालले यो निर्णयलाई असन्तुलित भनेका थिए। यसबारेमा नेता नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले सचिवालयको निर्णय आश्चर्यपूर्ण भनेका छन्।

नेता रिजालले सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुट्याएको भन्दै असन्तुष्टि जनाएका छन्। ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ’, उनले भनेका छन्। नेता रिजालले मेयरमा हारेकालाई पनि प्रदेश प्रमुखका सिफारिस गरिएको रिजालले दाबी गरेका छन्। नेकपाले प्रदेश प्रमुखमा सिफारिस गरेकामध्ये नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका विष्णु प्रसाई २०७४ सालको स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए। उनले यसैलाई इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन्। ‘अन्त मेयर हारेकाको योग्यता पुग्दोरहेछ’, रिजालले भनेका छन्, ‘तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?’

यसैबीच नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुको सपथग्रहण भोलि मंगलबार हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया