आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चार मजदूरहरु मृत अबस्थामा फेला

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । बझाङको कालंगाड जलविद्युत आयोजनाको सुरूङभित्र फसेका चार जना मजदूरहरु मरेको अबस्थामा फेला परेको छ। सुरूङभित्र काम गर्न आइतबार दिउँसो गएका छ जना मजदूरमध्ये चार जना सम्पर्कविहीन थिए भने दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्केका थिए। सोमबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरूङभित्रबाट चार जनाको श’व निकालेका हुन्। दैलेखका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी सुरूङभित्र मृ’त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सुरूङभित्र फसेका मजदूर उद्धारका लागि हेलिकप्टरबाट सशस्त्र प्रहरीको उद्धार टोली पठाइएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले दिएको जानकारीअनुसार मजदूरहरू सुरूङभित्र अक्सिजन अभाव हुँदा मृत्यु भएको अनुमान गरिएको छ। यसैबीच बनेपामा फोहोरमैला जलाउने ठाउँको विषयमा विवाद हुँदा भएको झ’ड’पमा ५ जना घा’इ’ते भएका छन् । बनेपा नगरपालिका वडा नं ९ को खाली जग्गामा फोहोर मैला जलाउने मेसिन राख्न लागेको विरोधमा स्थानीयले विरोध गर्दा झ’ड’प भएको हो । वडा अध्यक्ष शेरबहादुर सुवालले नगरपालिकाले स्थानीयको मागलाई बेवास्ता गर्दै मेसिन राख्न डोजर लगाउन खोजेपछि झ’ड’प भएको बताए ।

स्थानीयको विरोध रोक्न प्रहरीले ला’ठी’चा’र्ज र अ’श्रु’ग्यास हानेको थियो । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि वडा नं ९ को खाली जग्गामा मेसिन राख्न लागेको छ । तर वडाअध्यक्षसहित स्थानीय त्यसको विरोधमा छन् । स्थानीयको विरोधका बाबजुद सोमबार नगरपालिकाले डोजर लगाएर ठाउँ सम्याउन खोजेपछि झडप भएको हो । प्रहरीले भने डोजरमाथि ढुंगामुढा गर्न थालेपछि रोक्ने क्रममा सामान्य बल प्रयोग भएको जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया