आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाको सचिवालय बैठक आजलाई सकियो, आइतबार उम्मेदवार तय गर्ने

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । शनिबार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामबारे प्रारम्भिक छलफल गरियो।’

उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिए। सचिवालय बैठक आइतबार कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन।

‘कहीँबाट एक जना, कतैबाट २/३ जनाको नाम सिफारिस भएर आएको रहेछ। पार्टीले न्युनतम ३ जनाको नाम पठाउन भनेको थियो,’ श्रेष्ठले भने, ‘भोलि सचिवालय बैठक बसेर उम्मेदवार तय गर्छौं।’ बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए।

प्रतिक्रिया