आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भक्तपुरको सिपाडोलमा २७ लाख लागतको डिपबोरिङ

प्रकाशित
1.6K
SHARES

भक्तपुर । सूर्यविनायक नगरपालिका- ८ सिपाडोलस्थित तौडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको डिपबोरिङको उद्घाटन गरिएको छ ।

स्थानीय दाता एवं व्यवसायीको रु १७ लाख र सरकारको रु १० लाखको लागतमा निर्माण भएको उक्त डिपबोरिङको शनिबार सांसद महेश बस्नेतले उद्घाटन गरेका हुन् ।

सांसद बस्नेतले तीन लाख लिटर क्षमताको पानीट्याङ्की निर्माण गरिने बताए । उनले आदर्श बसस्टपदेखि वडा नं ८ को कार्यालय जाने सडक कालोपत्र यसै वर्ष सम्पन्न गर्ने, सिपाडोल- नङ्खेल सडक दुई महिनाभित्र कालोपत्र गर्ने, चङ्खुखोलाको पुल र चङ्खुखोला किनारबाट सिपाडोल जाने सडक पनि यसै वर्ष निर्माण गरिने बताए ।

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले बजेटको अभाव नहुने बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ८ का वडाध्यक्ष किरण थापा, खानेपानीका अध्यक्ष राजकुमार थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया