आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मालीको एक सैन्य कार्यालयमा ह’म’ला, ५३ सैनिकको ज्या’न गयो

प्रकाशित
1.5K
SHARES

एजेन्सी । मालीको एउटा सैनिक कार्यालयमा भएको ह’म’लामा परी ५३ जना सैनिकको ज्या’न गएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा शुक्रबार भएको ह’म’लालाई सरकारी अधिकारीहरुले आत’ङ्क’वा’दी हमला भनेका छन् । इस्लामिक ल’डा’कूहरुले पछिल्लो समय गराएको हिं’सा मध्येको यो ठूलो भएको पनि अधिकारीहरुको भनाई छ ।

ह’म’लामा परी एक जना सर्वसाधारणको पनि ज्या’न गएको जनाइएको छ । नाइजरसँगको सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा ह’म’ला भएको देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन् । ‘अहिले अवस्था नियन्त्रणमै छ, श’व संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,’ उनले लेखेका छन् ।

ह’म’ला र क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले बताए । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ । फ्रान्स नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा अन्त्य भने हुन सकेको छैन ।

यस्तै उता फिलिपिन्समा पछिल्लो एक हप्ताको बीचमा तीन पटक भूकम्प आएको छ । पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ । देशको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच जनाको ज्या’न गएको छ भने अरु केही घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार अरु कैयौँ घरसहितका भौतिक संरचनाहरु भत्किएका छन् । यसअघिका दुई भूकम्पले पनि ठूलो क्षति पुर्‍याएको थियो । मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६ दशमलब ५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको ज्यान गएको थियो । भूकम्पको केन्द्रविन्दुदेखि झण्डै ४५ किलोमिटर टाढा पर्ने दक्षिणी क्षेत्रको मुख्य सहर मानिने डाभाओ सहरमा पनि धेरै क्षति पुगेको अधिकारीहरूले जनाएका छन् । भत्किएको घरमा परेर नौ जना घाइते भएका छन् ।

उद्धारकर्ताले उनीहरुलाई उद्धार गरेपनि अन्य एक जना त्यहीँ च्यापिएको अनुमान गरिएको छ । कोताबाटो प्रान्तमा पाँच जनाको ज्या’न गएको जनाइएको छ । ज्या’न जाने मध्ये एक जना स्थानीय सरकारी अधिकारी पनि रहेको प्रहरीले जनाएको छ । यही अक्टोबर १६ देखि आएका तीन भूकम्पमा परी अन्य क्षेत्रका पनि धेरै भौतिक संरचनामा क्षति पुगेको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया