आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसले उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दियो

प्रकाशित
1.2K
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिएको छ ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टी केन्द्रिय कार्य समिति बैठकले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिने निर्णय गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी बैठकले दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उनले संसदीय बोर्ड नभएकाले पार्टीको विधान बमोजिम सो काम गर्ने जिम्मेवारी पार्टीको पदाधिकारी बैठकलाई दिने निर्णय गर्नु परेको पनि स्पष्ट पारेका छन् ।

नेपाली काँग्रेसले पार्टी संसदीय बोर्डमार्फत निर्वाचनको उम्मेदवार चयन गर्दै आएको थियो । तर हाल सो बोर्ड नरहेपछि त्यसको जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिने निर्णय गरेको हो ।

प्रतिक्रिया