आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाले भक्तपुरको उपनिर्वाचनका लागि गर्यो यी तीन जना सिफारिस

प्रकाशित
663
SHARES

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ क को उम्मेदवारका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तीन जनाको नाम सिफारिश गरेको छ ।

१६ उम्मेदवारका आकांक्षी रहेकामा पटक-पटकको बैठकले नाम छनोट गर्दै सर्वसहमत रुपमा तीन जनाको नाम सिफारिश गर्न खोजे पनि नसकेपछि अन्तत तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको पार्टी अध्यक्ष बचन देउजाले जानकारी दिए ।

बैठकबाट पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, र देवीप्रसाद ढकालको नाम सिफारिस गरेको उनले जानकारी दिए । जिल्लाको निर्वाचन क्षेत्र १ क बाट प्रदेशसभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो क्षेत्रमा सहमति हुन नसकेपछि नेपाली काङ्ग्रेसले १० जनाको नाम सिफारिस गरेको छ,भने साझा पार्टीले एकजनाको नाम घोषणा गरेको छ । अन्य दलले अझै नाम सिफारिस गर्न सकेका छैनन् । उक्त क्षेत्रमा चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नं १० पर्छन् ।

प्रतिक्रिया