आज : गते

ताजा शिर्षकहरु

प्रहरीलाई अर्को सफलता, जुवाको खालबाट समातिए प्रधानमन्त्री ओलीका पीएसओ

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । प्रहरीले राजधानीको टोखाबाट ८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । समातिनेमा प्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओ समेत रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीका पीएसओ राजेन्द्र शाही जुवाको खालबाट समातिएका हुन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग बसपार्कका इन्सपेक्टर सन्तोष कुमार दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले शाहीसहित ८ जनालाई समातेकाे छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले समातिनेमा राजेन्द्र शाही, सोमबहादुर मगर, बुद्धिलाल मगर, जित गुरुङ, मानकाजी गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणा जुवा खेल्दै गरेको अवस्थामा समातिएकाे पुष्टि गरेका छन् । तर उनले शाही प्रधानमन्त्रीको पीएसओ रहेकोबारे आफूलाई जानकारी नरहेको बताए ।

स्रोतले भने सेनाका मेजर उनी हाल प्रधानमन्त्रीका पीएसओको रुपमा कार्यरत रहेको बतायो । प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ । यसअघि महाराजगन्ज प्रहरीले २५ भीआइपी जुवाडेलाई पक्राउ गरेको थियो । सो विषय अहिले प्रहरीभित्र र बाहिर नै चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया