आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जुवाखालबाट बरामद भएको पैसा लुकाउने ३ प्रहरी निलम्बित

प्रकाशित
1.3K
SHARES

पोखरा । कास्कीमा सादा पोशाकमा खटिने प्रहरी सन्तोष सुवेदी निलम्बनमा परेका छन् । सादा पोशाकमा खटिएर थुप्रै अनुसन्धानमा ‘कुशलता’ देखाएको भन्दै पटकपटक सम्मान पनि थापिसकेका सुवेदी निलम्बनमा परेका हुन् ।

सुवेदीले असोज महिनामा मात्रै ६४ औं प्रहरी दिवशको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’को सम्मान थापेका थिए । त्यो सम्मान देशभरीकै उत्कृष्टभित्रबाट छानिएको थियो । उनले त्यसअघि ६३ औं प्रहरी दिवसमा पनि ‘असल प्रहरी’को सम्मान पाएका थिए ।

६३ औं प्रहरी दिवसमा सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरीमा छानिएका थिए । तर, त्यतिबेला उनी एक्लो नभइ उनीसँगै खटिने प्रहरी टोली नै सम्मानित भएको थियो । प्रहरी संगठनबाटै २ पटक सम्मानित भइसकेका असई सुवेदी शुक्रबार निलम्बनमा परेका छन् । उनी निलम्बनमा परेसँगै उनको ‘खास छवि’ सतहमा देखा परेको छ ।

सुवेदीसहित प्रहरी जवान अनिल ढकाल र जीवनाथ लामिछाने निलम्बनमा परेका छन् । सादा पोशाक प्रहरीका इन्चार्जसमेत रहेका उनीहरुमाथि आर्थिक अनियमितता गरेको आरोप छ । कात्तिक ९ गते असई सुवेदीको टोलीले तिहारको मौकामा पोखरा ६ बैदाममा रहेको छवि पौडेलको घरमा जुवातास खेलिरहेकालाई नियन्त्रणमा लिन होटल क्रिस्टल प्यालेसमा छापा मारी त्यहाँबाट लिएको १० लाख ५८ हजारसहित ९ जनालाई नियन्त्रणमा लिएको छ ।

तर, प्रहरी कार्यालयमा बुझाउँदा १ लाख २६ हजार रुपैयाँ ‘गायब’ थियो । बरामदपश्चात हराएको बाँकी रकम पछि प्रहरीले प्रयोग गर्ने स्कुटरभित्र भेटियो । सादा पोशाकमा खटिएका प्रहरी जवानले स्कुटरमा पैसा राख्दै गरेको सीसीटीभी फुुटेजमा देखिएको छ ।

प्रहरीले नै बरामद भएको रकम लुकाएको खुलेपछि असई सुवेदीसहित ३ जना निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जनाएका छन्।

प्रतिक्रिया