आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धरानको मेयरका लागि नेकपाबाट तीन जनाको नाम सिफारिस

प्रकाशित
1.5K
SHARES

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान कमिटीले मेयरका उम्मेदवारका लागि तीन नाम सिफारिस गरेको छ । धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वाहाङ चोत्लुङ (सुब्बा) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो ।

जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्धवारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले बताए । प्रकाश र वेणु पूर्वएमाले हुन् । फोक्साहाङ पूर्वमाओवादी हुन् । सिफारिसमा परेका तीनैजना पार्टीको जिल्ला सदस्य हुन् ।

मेयरको उम्मेदवारका लागि केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई पनि दाबेदारका रुपमा प्रस्तुत भएका थिए । तर पार्टी कमिटीले उनीहरुलाई उम्मेदवार नै सिफारिस गरेन ।

यस्तै नेपाली कांग्रेसले भने आफ्नो पार्टीका तर्फबाट धरानको मेयरका लागि सर्बसम्बद उम्मेदवार सिफारिस गरेको जनाएको छ । ०७४ सालको स्थानीय तहको निर्बाचनमा तत्कालीन नेकपा एमालेका तारा सुब्बासँग पराजित भएका तिलक राईलाई नेपाली काँग्रेसले सम्पन्न हुन लागेको उप निर्बाचनमा मेयरमा टिकट दिएको छ ।

नेपाली कँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामागं उक्त उम्मेदवारीका लागि प्रवल दाबेदार भनिएपनि उनी पछाडि हटेपछि तिलक राई नै काँग्रेसका सर्बसम्मत् उम्मेदवार हुने सम्भावना देखिन्छ । ०७४ सालमा २० हजारभन्दा बढी मत ल्याएर विजयी भएका तारा सुब्बाको काठमाण्डौको एक अस्पतालमा उपचारको क्रममा निधन भएपछि धरानमा मेयर पदल खाली छ ।

प्रतिक्रिया