आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरीका सई ६० हजार घुससहित समातिए

प्रकाशित
1.2K
SHARES

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरीका सईलाई ६० हजार घुस सहित रंग्रेहात समातेको छ । बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई ६० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले समातेको हो ।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयको टोलीले समातेको हो । समातिएका सईमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यस्तै गत कार्तिक ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरबाट एक प्रहरी जवानलाई पाँच हजार घुससहित समातेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पश्चिमी सीमा क्षेत्र भीमदत्त नगरपालिका ११ गड्डाचौकीको भन्सार क्षेत्रबाटै प्रहरी जवान दिपक चौधरीलाई समातेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोप बहादुर विष्टका अनुसार भारतबाट ल्याएका तस्करीका समानमा भन्सार मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा चौधरी समातिएका हुन् । उनका अनुसार चौधरी इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत छन् ।

चौधरीले भारतबाट समान ल्याउने व्यवसायीबाट भन्सार मिलाइदिन्छु भन्दै रकम उठाउदै आएका थिए । भन्सार क्षेत्रमा चुहावट रोक्न खटिएको प्रहरी नै अख्तियारको फन्दामा परेपछि स्थानीयले प्रहरी नै तस्करीमा संलग्न हुने गरेको आरोप लगाएका छन् ।

रंगे हात घुससहित समातिएका चौधरीलाई थप अनुसन्धानका लागि अख्तियारले प्रकृया अघि बढाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले घुससहित समातिएका प्रहरी माथि आफुहरुले पनि कारबाही गर्ने बताए ।

प्रतिक्रिया