आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनबाङ बैठकमा प्रचण्ड, बाबुरामलाई धरधरी रुवाउने दिपाले पाइन समानुपातिक टिकट (भिडियोसहित)

प्रकाशित
38.3K
SHARES

आसन्न निर्वाचनमा माओवादीले सामना सांस्कृतिक परिवारकी जनयुद्द्कालिन कलाकार दिलमाया रोका गौतम ‘दिपा’लाई समानुपातिकबाट प्रदेश नम्बर ४ मा महिलाको १ नम्बर सुचिबाट टिकट पाएकी छिन् ।

दिपाले २०६२ को चुनवाङ बैठकमा आफ्नी टुहुरी दुधे बालकलाई बोकेर अभिनय गर्दा तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता बाबुराम भट्टराई, राम बहादुर थापा ‘बादल’लगाएतका केन्द्रीय नेता तथा कार्यकर्तालाई रुवाएकी थिइन्।

उनको उत्कृष्ठ अभिनयले प्रचण्डलगायतका नेताहरु रोएको भिडियो अहिलेसम्म पनी भाइरल बनिरहेको छ । जनकलाकार खुसीराम पाख्रीनको शव्द संगीतमा रहेको गीतमा दीपाले अभिनय गर्दा त्यसबेला प्रचण्ड, बाबुराम, बादल लगाएत सबै नेत-कार्यकर्ताको आँखामा आँसु आएको थियो । अझ प्रचण्ड त झनै भक्कानीएर रोएका थिए ।

यो बलिदानी भावनाले ओतप्रोत भएको गीतमा अभिनय गर्दा दिपाको अभिनय मात्र नभएर वास्तविक जीवन ब्यक्त भएको थियो ।माओवादी आन्दोलनमै रहेका जनमुक्ति सेना चित्रबहादुर घर्तीसंग प्रेम विवाह गरेकी उनले आफ्ना श्रीमानलाई लडाईमा गुमाएकी थिइन् नै त्यसैमाथि उनलाई कलिलो बच्चाले श्रीमानको सम्झना दिलाउदै पिडाको सिँयो बनेर घोचिरहन्थ्यो ।

यस गीतमा यस्ता शव्दले भरिएको छ ।

जित्नै पर्छ यो अन्तीम लडाईमा तिमीले लडेर, तिमी फुट्डा मनहरु टुक्रिन्छन् ।, जुट्यौ रे भन्दा मनहरु फक्रिन्छन् ।
देख्न चाहान्छन सबै एक भएको, विजयको भण्डा उठेको, चुहिएका छानोहरु टुहरा यी सन्तानहरु, बसेको छन् नयाँ दिन पर्खिएर ।

शव्द संगीत: खुसीराम पाख्रीन, स्वर: प्रेमकुमारी रामदाम ‘सुर्य’

यस्तो छ दीपाको बिगत र बर्तमान

उनको जन्म बाग्लुङको ताराखोला गाँउपालिका वडा न २ अर्गलमा २०४१ सालमा भएको हो । सानै उमेरमा माओवादी जनयुद्धमा आबद्ध भएकी दीपाले सामाना साँस्कृतिक समुहमा रहेर नेपालका पुर्व पश्चिम र भारतको विभिन्न प्रदेशमा साँस्कृतिक कार्यक्रम गरेर पार्टीको संगठन बिस्तारमा जनवादी गीत संगीत र नृत्य मार्फत सास्कृतिक मोर्चाबाट आफ्नो भुमिका खेल्दै गईन् ।

जनयुद्धमै श्रीमान गुमाएकी उनले अन्तत एकल जिवन बिताउने बाटो त्यागिन र बैवाहिक जीवन बिताउने बाटो रोजीन । २०६४ सालमा पुनः सामाना साँस्कृतिक परिवारका कलाकार जनवादी गायक, संगीतकार , रचनाकार हाल गलकोट नगरपालीका मल्मका कर्ण परियार ‘विद्रोही’संग विबाह गरिन् ।

पार्टी शान्तिकालमा आएपछि जीवनका विभिन्न आरोह अवरोह झेलेर पार्टीमा आवद्ध भईरहिन् । २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा बाग्लुङ जिल्ला पार्टीले गरेको निर्णय र सिफारिसअनुसार आशन्न निर्वाचनमा दलित महिलाबाट उनले प्रदेश नम्बर ४ को माओवादी पार्टीकी समानुपातिक उम्मेवारको टिकट पाएकी छिन् ।

आफु बिजयी भएपछि आफ्नो पहिलो कार्य बेपत्ता शहिद परिवार र टुहुरा बालबालिकाको हकहितको लागी लागिपर्ने प्रतिवद्धता दीपाले जनाइन्। ‘नेपाललाई १० वर्ष जनयुद्धदेखि यहाँसम्म ल्याउनमा जीवनको बलिदान दिने शहिदहरुको उच्च मुल्याङकन् शहिद बेपत्ता परिवारको हेरविचार आफ्नो मुख्य ध्यय हो ।’ उनले भनिन।

आफुलाई प्रदेश सांसद बनाउनका लागी समानुपातिक तर्फ गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न बाग्लुङका मतदातासंग दीपाले अनुरोध समेत गरेकी छिन ।

प्रतिक्रिया