आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति सी नेपाल भ्रमणमा आउन २ दिन बाँकी रहदाँ चीन सरकारले गर्यो यस्तो घोषणा

प्रकाशित
141K
SHARES

काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने घोषणा गरेको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यस्गतो घोषणा गरेका हुन् । चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ । खासगरी ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कको नयाँ खाका समेत यस भ्रमणको क्रममा बन्ने बताइएको छ ।

राष्ट्रपति सी २५ गते शनिबार नेपाल आउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन अनौपचारिक सम्मेलन गरेर उनी भारतबाट नेपाल आउने छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालमा हुन लागेको हो । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा भनेका छन्, ‘यो ऐतिहासिक भ्रमण हो । यो भ्रमणले महत्व र प्रभाव पनि ऐतिहासिक नै हुनेछ ।’

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तरगत ट्रान्स हिमालय केनेन्टिभिटी प्रोजेक्टहरु छन् । उपमन्त्री लुओकाअनुसार सीको भ्रमणले नेपाल चीन द्वीपक्षीय सम्बन्धको राजनीतिक आधार अझ मजबुत बनाउनेछ भने बीआरआई अन्तरगतका विकास आयोजनाहरुको खाका पनि बन्नेछ ।

दुबै पक्षले बीआरआर सहकार्यलाई मजबुत बनाउने र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई गति दिने समेत उपमन्त्री लुओले बताएका छन् । सीको भ्रमणका क्रममा बन्दरगाह, रेल र सडक सञ्जालबारे महत्वपूर्ण सहमति जुट्ने विश्वास लिइएको समेत चिनियाँ उपमन्त्रीले बताएका छन् ।

यसैबीच नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमण क्रममा विमानस्थलका टावर तथा स्टेशनमा निरन्तर बिजुली उपलब्ध गराउन विद्युत प्राधिकरण समक्ष आग्रह गरेको छ। विमानस्थल कार्यालयले विद्युत प्राधिकरणलाई पत्र लेख्दै चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा ‘हेल्दी’ बिजुली आपूर्तिको व्यवस्था गरिदिन आग्रह गरेको हो।

फुल्चोकीमा रहेको कम्युनिकेशन रिपिटर स्टेशन र भट्टेडाँडाको राडार स्टेशनमा निरन्तर बिजुलीको व्यवस्था गरिदिन विमानस्थल कार्यालयले आग्रह गरेको हो। त्यस्तै विमानस्थल जान चाबहिल तथा बानेश्वरको डेडिकेटेड फिडरको बिजुली आपूर्तिलाई विशेष प्राथमिकतामा राखिदिन पनि आग्रह गरेको छ।

प्रतिक्रिया