आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

महराले ९ दिनसम्म हिरासतमै बस्नु पर्ने, २८ गते अदालत पेश गरिने

प्रकाशित
2.9K
SHARES

काठमाडौं । यतिबेला सबैतिर दशैंको रौनक छ । सबैले दशैंमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यहि बेला ब’ला’त्का’र का’ण्डमा फसेका निर्वतमान सभामुख कृष्णबहादुर महराको भने हिरासतमा बास छ । महराको हिरासत बास ९ दिनको हुने भएको छ । उनलाई यही असोज २८ अदालतमा पेश गरिँदैछ । सभामुख बहाल रहेकै बेला बलात्कारकाे अभियोग लागेका महराले पदबाट राजीनामा दिएर कानूनी प्रक्रियाबाट जोगिने प्रयास असफल भयो । पीडित भनिएकी रोशनी शाहीले जवरजस्ति करणी प्रयासमा किटान जाहेरी दिएपछि आइतबार साँझ महरा पक्राउ परे ।

पक्राउ परेका महरा अहिले हिरासतमा छन् । अनि यतिबेला महराको कारवाही प्रक्रिया कसरी टुंगिन्छ र के के प्रक्रिया अघि बढ्छ भन्ने बहस शुरु भएको छ । नेपालको इतिहासमै सबैभन्दा उच्च ओहोदामा रहँदा निकृष्ट कर्मको अभियोगमा पक्राउ परेर निवर्तमान सभामुख कृष्णबहादुर महराले इतिहास रचेका छन् । पदबाट राजीनामा दिएको एक सातापछि पनि आइतबार सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरालाई सिंहदरवारस्थित प्रहरी बृत्तमा राखियो ।

स्वास्थ्य समस्या कारण देखाएर महरा वीर अस्पतालको भीआइपी कक्षमा बस्ने तयारीमा छन् । महरालाई निकृष्ट कर्मको अभियोग लागेपनि प्रमाणित भने भइसकेको छैन । अभियोग नै गम्भीर अपराधको भएका कारण प्रहरी पक्राउ गर्न बाध्य भएको छ भने गम्भीर अपराधको आरोप लागेकाले अनुसन्धान गम्भीर रुपमा अघि बढ्ने बताउँछन बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी ।

दशैको अष्टमीमा पक्राउ परेका महराले कानूनी प्रक्रियाकै लागि पनि आगामी असोज २८ गतेसम्म कुर्नुपर्नेछ । आगामी २६ गतेसम्म सरकारी बिदा तथा पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा २७ गते बिदा दिइएकाले आगामी २८ गते पछि मात्र महराको केस अदालतमा पुग्ने छ । अर्थात प्रहरीले अदालतबाट म्याद नथप्दै महरालाई ९ दिनसम्म थुनामा राख्ने छ । उनको सरकारी वकिलको उपस्थितिमा हुने औपचारिक बयान अगाडी नै सकियो भने बल्ल महराका विषयमा अदालतमा थुनछेक बहस शुरु हुनेछ ।

थुनछेक बहसपछि अदालतले पूर्पक्षका लागि थुनामा राख्न अनुमति दिएमा महराको सांसद पद पनि निस्क्रिय हुनेछ । संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यांश अनुसार महराको अनुसन्धान अघि बढ्ने छ । शुरुमा महिलाले आरोप सार्वजनिक गरेपछि उनलाई युटर्न गराउन सफल भएका महरा त्यसपछि एकपछि अर्को गर्दै असफल भएका कारण प्रहरीमा छन् ।

प्रतिक्रिया