आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मनसुनी वायुले आकाश छोडेन, दशैंको टीकाको दिन पनि वर्षाको सम्भावना

प्रकाशित
1.5K
SHARES

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागका थोरै स्थानहरुमा र पश्चिमी भुभागका एक दुइ स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको जनाएको छ । मनसुन लम्बिँदा यस वर्षको बडादशैं हिले दशैं हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । मौसमविद समीर श्रेष्ठका अनुसार अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ । यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण नेपालको मौसममा प्रभाव परेको हो ।

केही दिनसम्म बदलीको अवस्था नै रहने अवस्था हुनेछ । बढीजसो यसपालिको वर्षाको प्रभाव प्रदेश ३ का साथै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहनेछ । मध्य र पश्चिमका केही भूभागमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ । असोजभरि नै बादल नेपालको आकाशमा देखिने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । यो मनसुनी वायु अन्त्यपछि भने पश्चिमी वायु बलियो हुँदै जानेछ भन्दै श्रेष्ठले पोस्ट मनसुनको यो अवस्थामा चिसो हावा चल्ने र आकाश खुल्ने वातावरणसँग हिउँद लाग्ने बताए । यतिबेला पश्चिमी वायुस्थिर रहेकाले पनि अन्यत्रको मनसुनी वायुको असर नेपालमा लामो समय कायम रहेको अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ ३ दिने मौसमको पूर्वानुमान : भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ । यही न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले नेपालको पूर्वी र मध्य भु-भागमा वर्षा भईरहेको छ । साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदली भएको छ। हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि तथा मध्य क्षेत्रका थोरै भू भागमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ |

असोज १९ गते आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भुभागमा थोरै स्थानहरुमा र पश्चिमी भुभागका १ वा २ स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । असोज २० गते सोमबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २१ गते (मंगलबार) शुभ विजयादशमीको दिन दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक -दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। भने राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया