आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनिया राष्ट्रपतिको नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा कडा, मुख्य ठाउमा सेनाको गस्ती

प्रकाशित
4.7K
SHARES

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको भ्रमणलाई लक्षित गरी नेपाली सेनाले सुरक्षा गस्ती थालेको हो । आगामी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरेर सेनाले हतियारसहित गस्ती बढाएको हो । काठमाडौंका मुख्य– मुख्य चोक र सड्क,विमानस्थल र होटलको सुरक्षालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था बाक्लो बनाइएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गस्तीमा सेना परिचान भएको जानकारी दिए । सरकारले सीलाई अति विशिष्टभन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ । २३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रम छ ।

सेनाले महाराजगंज, लाजिम्पाट, कालिमाटी, बानेश्वर विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसार र फर्फिङबाट उपत्यका छिर्ने नाका र थानकोट लगायतका क्षेत्रमा गस्ती गरिरहेको छ । उपत्यकामा मात्र करिब पाँच हजार सैनिक सुरक्षा गस्तीमा खटिएका छन् । नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोली समेत सरकारले बनाइसकेको छ । उक्त टोलीले आवश्यक सुरक्षा प्रवन्ध मिलाउनेछ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको बडा दशैँका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउनुहुने कार्यक्रम तय भएको छ । यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन । प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनेछन् । दशैँको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनेछन्

प्रतिक्रिया