आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चौबिस घण्टा नबित्दै फेरियो रोशनीको बोली, दिइन महराबाट दुर्व्यवहार नभएको प्रष्टिकरण

प्रकाशित
1.2K
SHARES

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले २४ घण्टा नबित्दै आफ्नो बयान फेरेकी छन् । उनले महराले आफुलाई कुनै यौन दुर्व्यबहार नगरेको स्पस्टिकरण दिएकि छन् । आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी उनले आफुलाई रिस उठेर त्यस्तो बोलेको बताइन ।

सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को औषधि सेवन गर्दै आएको बताइन्। “मेरी आमाको निधन भएपछि म मानसिक रुपमा कमजोर भएको छु । निद्रा नलाग्ने भएपछि औषधि खानुपर्ने स्थिति थियो”, उनले भनिन् । चिकित्सकले बिहान र बेलुकी एकएक ओटा चक्की औषधि खान सुझाव दिए पनि रिस उठेमा आफूले कहिलेकाहीँ एकै चोटि पाँचछ तथा दश वटा पनि औषधि खाइदिने गरेको उनले सुनाइन् ।

आवेगका क्रममा कसलाई फोन गरेँ, कसलाई के भनेँ, के बोलेँ भन्ने नै पत्तो नपाउने उनको भनाइ छ । “शायद मेरो यही रिसको झोकमा सभामुख पर्नुभएको होला”, उनले भनिन् । “कहिलेकाहीँ कोहीकसैसँग रिस उठ्यो भने औषधिको मात्रा बढी खाइदिने मेरो समस्या हो । एक्कासि औषधिको मात्रा बढाएपछि अत्यन्त रिस उठ्ने, कसलाई के भन्ने नै थाहा नहुने समस्या छ । कसलाई फोन गरँे, कसलाई के गरेँ भन्ने नै थाहा पाउँदिन”, उनले भनिन् ।

केही वर्षअघि स्वयं आफू पनि सञ्चारकर्ममा रहेको सन्दर्भ पेश गर्दै उनले अहिले सञ्चारमाध्यमले ‘हाइलाइट’ हुने नाममा कोहीकसैलाई दोषी करार गर्न लागिपरेको देख्दा आफू अचम्मित भएको समेत बताइन् । “सम्मानित पदको पछाडि रहने व्यक्तिलाई प्रयोग गरेर पदच्यूत गराउने र आफू त्यो स्थानमा स्थापित हुने कारणले पनि यस विषयलाई अनावश्यक उचालिएको हो”, उनले भनिन्, “बाबु समानको मान्छेसँग आफ्नो सम्बन्धलाई अनावश्यक रुपमा जोडेको देख्दा म छक्क छु ।”

आफूले सभामुखलाई सधैँ अभिभावकका रुपमा हेर्ने गरेको उल्लेख गर्दै उनले आफूहरुको पारिवारिक सम्बन्ध रहेको पनि बताइन् । “विसं २०४७ देखि नै हामी महरा सरलाई चिन्छौँ । हाम्रो परिवारिक सम्बन्ध रहेको छ । सभामुख भएपछि मात्र हाम्रो चिनजान भएको होइन”, उनले भनिन् । आफूले महरालाई बुवासमान ठानेको जनाउँदै उनले बाबु र छोरीबीच अनैतिक सम्बन्ध हुनै नसक्ने बताइन् । “समाजले बाबु र छोरीबीच भिन्नता ठान्न सकेन”, अचम्म प्रकट गर्दै उनले भनिन्, “निर्दोष व्यक्तिको पछाडि अनावश्यक हल्ला फैलाइयो । यस विषयमा उहाँको कुनै दोष नै छैन ।”

यो सँगै पीडित भनिएकी महिला र सभाुमखले आरोपको खण्डन गर्दै दिएको स्पष्टिकरण मिल्न गएको छ । बलात्कारको आरोपपछि सभामुखले ‘सरुवा नरोकिदिए पछिको रिस’ व्यक्त गरेको जनाएका थिए । महराले ती महिलामाथि आइतबार राति जर्बजस्ती करणी गरेको भन्दै काँग्रेस निकट प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी सम्पादक रहेको अनलाइन पत्रिका हाम्रा कुरा डटकममा समाचार सार्वजनिक भएको थियो । उक्त समाचारको तरंगपछि सभामुख महराले छानबिनमा सघाउँने भन्दै अस्थायी राजीनामा दिएका छन् ।

प्रतिक्रिया