आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहमन्त्री बादललाई लिएर जनकपुर उडेको हेलिकप्टर रामेछापमा आकस्मिक अवतरण

प्रकाशित
2K
SHARES

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादललाई लिएर जनकपुरका लागि काठमाडौंबाट उडेको हेलिकप्टर गन्तव्यभन्दा भिन्नै ठाउँमा पुगेको छ । थापा सवार हेलिकप्टर रामेछापमा आकस्मिक अवतरण गरिएको छ। जनकपुरका लागि त्रिभुवन विमानस्थल काठमाडौंबाट शनिबार उडेको हेलिकप्टर मौसम प्रतिकूल भएपछि रामेछापको मन्थली विमानस्थलमा अवतरण गराइएको हो। रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार गृहमन्त्रीसहित हेलिकोप्टरमा सवार भएकाहरू दुई घण्टा रामेछाप विमानस्थल बसेका थिए।

‘मौसम खराब भएपछि यहाँ अवतरण गरिएको हो। दुई घण्टापछि मौसम सुधार आयो उहाँहरू गन्तव्यतिर उडिसक्नुभयो,’ प्रजिअ पाण्डेले भनिन्। प्रदेश नम्बर २ को सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राईलगायतको टोली नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमा जनकपुरतर्फ जाँदै थिए। यसैबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जालमा सबैभन्दा आलोचना खेप्ने नेता मध्येमा एक पर्छन् ।

गल्ती कमजोरी गर्दा नेतृत्वले आलोचना खेप्नु त स्वभाविक हो तर कहिले काँही विना गल्ती गाली खनुपर्छ । शनिबार एक कार्यक्रममा पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले त्यस्तै गुनासो पोखे । ‘यसो फेसबुक हेरौं भन्यो हेर्नै नसकिने हुन्छ, आफैंमाथि खनिएको हुन्छ’ उनले भने, ‘मनमा कुरा त ठीकै लेख्यो भन्ने भए त आनन्द हुन्छ तर, हुँदै नभएको विषयमा पनि …. (आलोचना हुन्छ) ।’

उनले भारतीय विदेशमन्त्री एज जयशंकर आउँदाको घटना सुनाए । ‘हामी भेट्नेमै थियौं तर पूर्वप्रधानमन्त्री हुनुको नाताले मैले या त हामी कहाँ आउँदा हुन्छ, या जहाँ बसेको त्यो भन्दा अर्को होटलमा सजिलो हुन्छ भनियो । मिलाउन नसकेपछि भेट भएन’ प्रचण्डले भने, ‘खुसुक्क बालुवाटारमा भेट्यो भनेर आयो । मैले भेटेकै होइन । भन्न खोज्यो, कोही सुन्नेवाला छैन ।’

यस्ता थुप्रै घटना रहेको भन्दै उनले भने, ‘जोसँग नेता-नेतृत्वको साइनो सम्बन्ध नै छैन तर त्यही हो, त्यही हो भनेर आएपछि त्यसको प्रतिवाद कसरी गर्ने ?’ मिडियाले नै सत्य बाहिर ल्याउन सक्ने तर नेताहरु आफैं फिल्डमा उत्रिएर पार नलाग्ने प्रचण्डले बताए । उनले भने, ‘त्यसकारण नेताहरुको पिर मर्काबारे पनि सोचिदिने हो कि भनेर तपाईहरु (पत्रकार)सँग न्याय माग्नुपर्ने ठाउँमा छौं ।’ कसैलाई नियन्त्रण गर्ने, कानून लगाउने र दबाएर ठिक पार्नेतिर नजाने तर गलतका विरुद्ध सहीले विजय हासिल होस् भन्ने चाहना राख्ने प्रचण्डले बताए ।

प्रचण्डले संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए । ‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार बनाउन आफ्नो पार्टी दृढ रहेको विश्वास म सञ्चारकर्मी साथीहरुलाई दिलाउन चाहन्छु ।’

प्रतिक्रिया