आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उपत्यका इन्चार्ज गिरफ्तार परेपछि प्रकाण्डको कडा बिज्ञप्ति, शक्तिशाली प्रतोरोध गर्ने चेतावनी

प्रकाशित
1.5K
SHARES

काठमाडौँ । प्रहरीले आफ्ना केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’लाई बिना कारण गिरफ्तार गरेको भन्दै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पार्टीले आपत्ति जानेको छ । मंगलबार नै एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीका केन्द्रिय सदस्य नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई गिरफ्तार गरेको भन्दै आक्रोश पोखेका छन् । प्रकाण्डले काठमाडौँ उपत्यका इन्चार्ज समेत रहेका हितमान र पार्टीकै नेता भीम बटालालाई प्रहरीले ६ गते उपत्यकाबाट गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरिए शक्तिशाली प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । उनले सरकारले हिँसा भडकाउने सड्यन्त्र गरेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने बताएका छन् ।

प्रकाण्डले ओली सरकारलाई ‘सामाजिक दलाल पुँजीवादको नाइके भ्रष्टाचारी, दलाल, कमिसनखोर, हत्यारो, सार्वजनिक जग्गा हड्पेर खाने तुच्छ, राष्ट्रद्रोही’को संज्ञा दिएका छन् । ‘सामाजिक दलाल पुँजीवादको नाइके भ्रष्टाचारी, दलाल, कमिसनखोर, हत्यारो, सार्वजनिक जग्गा हड्पेर खाने तुच्छ, राष्ट्रद्रोही केपी-बादल सरकारले असोज ६ गते ललितपुरबाट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ उपत्यका इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई गिरफ्तार गरेको छ । पार्टी त्यसप्रकारको सरकारी ज्यादती र हिंसा भड्काउने हर्कतको निन्दा र भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

दलाल फासिवादी सरकार दमन र हत्या गरेर क्रान्तिकारी, देशभक्त शक्तिले आत्मसर्मण गर्लान् र लुटको राजनिष्कन्टक चलाइरहन पाइएला भन्ने भयानक भ्रममा रहेकाे विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘दलाल फासिवादी सरकार दमन र हत्या गरेर क्रान्तिकारी र देशभक्त शक्तिले आत्मसर्मण गर्लान् र लुटको राजनिष्कन्टक चलाइरहन पाइएला भन्ने भयानक भ्रममा छ । हाम्रो पार्टी कमरेड हितमानसहित सम्पूर्ण आस्थाका बन्दीहरूलाई बिनासर्त रिहा नगरे शक्तिशाली प्रतिरोध गर्नेछ र त्यसबाट उत्पन्न परिणामको जबाफदेही वली नेतृत्वको दलाल सरकार नै हुुनुपर्नेछ ।’

हितमानसहित सम्पूर्ण आस्थाका बन्दीहरूलाई बिनासर्त रिहा नगरे शक्तिशाली प्रतिरोध गर्ने विज्ञप्तिमा उल्लेख छ । हितमानलाई सोमबार ललितपुरबाट गिरफ्तार गरिएको प्रहरी उच्च श्रोतले संचारकेन्द्रलाई जानकारी दिएको छ । उनलाई सोमबार ललितपुरबाट गिरफ्तार गरेको प्रहरीका एक उच्च अधिकारीले पुष्टी गरे। ललितपुरबाट गिरफ्तार गरेको जानकारी प्राप्त भए पनि हितमान र बटलाको अवस्था २४ घण्टादेखि अज्ञात राखिएको छ।

सरकारले पछिल्लोपटक नेकपाका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, उनीहरुका घर, कोठा खानतलासी गर्ने, धरपकड गर्ने र गलाउने नीति लिएको छ । गिरफ्तार अधिकांस नेता कार्यकर्ता जेलमै बसिरहेका छन् भने कहिले आत्मसमपर्ण गरेर बाहिर निस्किने गरेका छन् । पार्टीप्रति प्रतिबद्ध र परिपक्क नेता कार्यकर्ताहरु गिरफ्तारीपछि जेल जान तयार भएका छन् भने अवसरवादीहरु जेल भित्रबाटै सरकारी नेकपासँग अनेकौं सम्झौता गरेर बाहिर निस्किने गरेको चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया