आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हिमाल डेन्टल हस्पिटलको आयोजनामा नृत्य निर्देशक देवु बोराको एकल नृत्य साँझ हुदै

प्रकाशित
1.2K
SHARES

काठमाडौं । हिमाल डेन्टल हस्पिटलको आयोजनामा सुदूरपश्चिमका नृत्य निर्देशक देवु बोराको एकल नृत्य साँझ हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा असोज ८ गते साँझ चार बजेदेखि वोराको एकल नृत्य साँझ हुने हिमाल डेन्टल हस्पिटलका अध्यक्ष डा. राजेन्द्र भट्टले जानकारी दिएका छन् । सोमबार लाजिम्पाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले बोराले एक दर्जन बढी गीतमा आफ्नो नृत्यु देखाउने कार्यक्रम रहेको बताए । उक्त एकल साँझमा सुदूरपश्चिमका चर्चित ठाडी भाका, छलिया, हुड्क्यौली, थारु भाषाको सोह्र सिंगार, धमाली, चन्चल लगायतका नृत्यहरू प्रस्तुत हुनेछन् ।

सुदूरपश्चिमको कला संस्कृतिलाई जर्गेना गर्दै आएका बोराको कलात्मक नृत्यलाई देश विदेशमा चिनाउन र उनको प्रतिभालाई थप प्रोत्साहित गर्न एकल साँझ आयोजना गरिएको अध्यक्ष भट्टले बताए । सोही कार्यक्रममार्फत पहिलो पटक बोरालाई ५० हजार रुपैयाँ राशीको ‘हिमाल डेउडा रत्न’ पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । साथै आगामी दिनमा पनि सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक कला संस्कृतिको संरक्षणमा सहयोग पुर्‍याउने एक जनालाई उक्त सम्मान निरन्तररुपमा दिइने अध्यक्ष भट्टले बताए । उनका अनुसार ग्रामिण क्षेत्रमा बसेर पनि कला संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएका तर राष्ट्रिय पुरस्कार तथा सम्मानको पहुँचमा नपुगेलाई उक्त सम्मान दिइनेछ ।

अबको केही वर्षमा उक्त पुरस्कारको राशी बढाउदै लैजाने पनि अध्यक्ष भट्टले घोषणा गरे । ‘२/४ वर्षमा यो राशीलाई कम्तिमा ५ लाख रुपैयाँ पुर्‍याउँछु । यसले गर्दा उनको परिवार पालिन सहयोग पुगोस् ।’ अध्यक्ष भट्टले भने । आफु पनि गीत संगीतमा रुची राख्ने भएकाले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा आफ्नो तर्फबाट सानो पहल गरेको अध्यक्ष भट्टको भनाइ छ । उक्त कार्यक्रममा वोराले विभिन्न जातजातिको पहिरनमा सजिएर प्रतिभा प्रस्तुत गर्नेछन् । बैतडीमा जन्मिएर कैलालीमा हुर्किएका बोराले अहिले संघीय राजधानी काठमाडौंलाई आफ्नो कर्मथलो बनाइरहेका छन् । बोरा लामो समयदेखि कोरियाग्राफी पनि गर्दै आएका छन् ।

प्रतिक्रिया