आज : गते

ताजा शिर्षकहरु

आज राति देशका यी ठाउँमा पर्दैछ पानी, तपाई पनि थाहा पाउनुहोस्

प्रकाशित
1.1K
SHARES

काठमाडौं । आज बिहानैदेखि मौसम सफा छ । तर, रातिको समयमा भने देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रको असरले आज (शनिबार) रातिदेखि मध्य र पूर्वी नेपालमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् । पश्चिम भारतमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा पानी पार्ने बादलसहितको हावा आउने भन्दै श्रेष्ठले त्यही हावाले नेपालमा पानी पर्ने गरेको बताए । तर गएको बुधबार र बिहीबारको जस्तो लगातार वर्षा भने नहुने उनको अनुमान छ ।

बिहान भने देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य भएकाे बदली छ । कतै घाम लागे लाग्यो भने कतै बदली भएको मौसमविद् श्रेष्ठले जानकारी दिए । यस्तो छ महाशाखाको ३ दिने मौसमको पूर्वानुमान : असोज ०४ गते (शनिबार) दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। भने राति देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

त्यस्तै असोज ०५ गते (आईतबार) दिउँसो देशभरी सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। राति देशभरी सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज ०६ गते (सोमबार) दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशभरी सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया