आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केहि घण्टा नबित्दै रिहा भए जैसीसहित रेडियो नेपालबाट गिरफ्तार सबै पत्रकार

प्रकाशित
1.7K
SHARES

काठमाडौं । सोमबार दिउसो रेडियो नेपालबाट गिरफ्तार परेका सबै पत्रकारहरु रिहा भएका भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीसहित ९ जना पत्रकारहरुलाई प्रहरीले रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरवारबाटै गिरफ्तार गरेर महेन्द्र पुलिसक्लबमा राखेको थियो । जैसीसँगै गिरफ्तार परेका महासंघ सचिव रामप्रसाद दाहाल, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, यम बिरही, मीन बम, प्रेस युनियन केन्द्रिय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुवंर र दिलिप पाैडेल रिहा भएका छन् ।

रेडियाे नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्कासित पत्रकारकाे पुनर्वहालीका लागि पत्रकार महासंघले आन्दोलन गरिरहेको छ । सोमबार पनि पत्रकारहरुको पुनर्वहालीको माग राख्दै रेडियो नेपाल पुगेको महासंघसहित पत्रकारको टोलीमाथि धरपकड गरेर प्रहरीले गिरफ्तार गरेको थियो । तर गिरफ्तार गरेको केहि घण्टामै उनीहरु रिहा भएका हुन् ।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई दिपायल प्रसारण केन्द्रबाट निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए । गिरफ्तार पत्रकारहरुलाई तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले माग गरेको थियो । सङ्गठनका केन्द्रीय अध्यक्ष डिल्ली रावतले एक विज्ञप्ति जारी गर्दै न्यायको लागि शान्तीपुर्ण विरोध गर्दा पत्रकाररुलाई पक्राउ गरेर महेन्द्र पुलिसक्लवमा राखिएको घटनाले लोकतन्त्रकै खिल्ली उडाएको बताएका थिए ।

यस्तो छ विज्ञप्ति
‘रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय दिपायलबाट निष्कासित पत्रकारको पुनर्वहालीको माग गर्दै न्युनतम पारिश्रमिक कार्यान्वयनको पनि आन्दोलनमा लागेका पत्रकारलाई सरकारले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाम्रो क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय उपाध्यक्ष सहित ९ जना पत्रकार रहनुभएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका पत्रकार जैसी लगायत महासंघका सचिव रामप्रसाद दहाल, केन्द्रिय सदस्य मीन बम, यम विरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, पत्रकारहरु अजयवावु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कवर पक्राउ परेको खबरले हाम्रो संगठनको ध्यानाकर्षण भएको छ ।

पत्रकारमाथी भएको यस्तो ज्यादतीको जति निन्दा गरेपनि पुग्दैन । न्यायको लागि शान्तीपुर्ण विरोध गर्दा उहाँहरुलाई पक्राउ गरेर महेन्द्र पुलिसक्लवमा राखिएको घटनाले लोकतन्त्रकाे खिल्ली उडाएको छ । हाम्रो संगठन पक्राउ गरिएका पत्रकारको तत्काल विना सर्त रिहा सहित वर्खास्त पत्रकारको पुनर्वहालीको माग गर्दछ ।’

प्रतिक्रिया