आज : गते

ताजा शिर्षकहरु

नेकपाका पाँचथर जिल्ला सेक्रेटरी नेम्वाङ गिरफ्तार

प्रकाशित
1.3K
SHARES

पाँचथर । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरीलाई प्रहरीले गिरफ्तार गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका घर भएका उक्त समूहका जिल्ला सेक्रेटरी विजय नेम्वाङलाई प्रहरीले फिदिम नगरपालिका वडा नं १४ लुङरुपाबाट बिना कारण गिरफ्तार लारेर लागेको उक्त पार्टीले इमान्दार मिडियालाई बतायो । उनलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

यसैबीच यता नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाश चन्दलगायत १५ जनालाई बुधबार चितवन प्रहरीले चितवन मेडिकल कलेजबाट गिरफ्तार गरेको घटनाको घोर आपत्ति र भत्र्सना गरेको छ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रकाश चन्दको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले विगत १५ दिनदेखि चिकित्सा शिक्षामा सुधार हुनुपर्ने, माफियाकरण बन्द हुनुपर्ने, जनताका छोरा छोरीहरुले सहज र सुलभ रुपमा चिकित्सा शिक्षा समयानुसार गुणात्मक सुधार गरिनुपर्ने तथा चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने जस्ता समय सापेक्ष मागहरु राखी देशैभरी आन्दोलित भइरहेकोमा दुई तिहाईको सरकारले धरपकड बन्द गरी गिरफ्तार चन्दसहित सम्पूर्णलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

साथै झडपमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गरिएको छ विज्ञप्तिमा भनिएको छ -‘ हाम्रो महासंघ चिकित्सा शिक्षा संघर्ष समितिले पेश गरेका मागहरु पूरा गरी स्वास्थ्य शिक्षामा सुधार गर्न, स्वास्थ्य शिक्षालाई माफियाकरणबाट मुक्त गर्न र सर्वसाधारण जनताले सहज रुपमा औषधोपचारको सेवा प्राप्त गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछ । साथै धरपकड बन्द गरी गिरफ्तार महासचिव लगायत सम्पूर्णको सम्मान जनक रिहाइको साथै झडपमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गर्दछ अन्यथा यी मागहरु पूरा गराउन महासंघ उच्च स्तरको संघर्ष सञ्चालन गर्न बाध्य हुने कुरा अवगत गराउन चाहन्छ ।’

प्रतिक्रिया