आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आखिर के कारण दिए प्रधानमन्त्रीले एकाएक राजीनामा, यस्तो छ कारण

प्रकाशित
45.8K
SHARES

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका भाइ जो जोनसनले सांसद र राज्यमन्त्रीबाट राजीनामा दिएका छन्। अक्टोबर ३१ सम्म सम्झौता (डिल) भए पनि नभए पनि युरोपियन युनियनबाट छुट्टिने (ब्रेजिक्ट) वाचा गरेका बोरिसको उक्त योजनामा संसद तगारो बनेको छ। उनको कन्जरभेटिभ पार्टीका सांसद ब्रेजिक्टको विरोधमा उभिएका छन्। सांसदहरू विपक्षमा उभिएसँगै जोनसनले हाउस अफ कमन्समा रहेको सामान्य बहुमत गुमाएका छन्।

समयअगावै आमनिर्वाचन गराउने जोनसनको प्रस्ताव पनि संसदले अस्वीकृत गरिदिएको छ। आफ्नो प्रस्तावलाई असहयोग गरेको भन्दै जोनसनले २१ सांसदलाई निलम्बन गरेका छन्। यही संकटका बीच बोरिसका भाइ जोले बिहीबार सांसद र मन्त्रीबाट राजीनामा दिएका हुन्। उनले आफू धेरै समय परिवार र देशको हितमध्ये कुन छान्ने भन्ने द्वुविधामा परेको अन्त्यमा देशको हितका पक्षमा निर्णय लिएको बताएका छन्।

जो सन २०१० देखि लगातार सांसद हुँदै आएका छन्। थेरेसा मेको सरकारमा पनि उनी मन्त्री थिए। बीचमा उनले मे सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए। गत जुलाईमा दाजु बोरिस प्रधानमन्त्री भएपछि जो व्यापार तथा शिक्षा मन्त्रालय जुनियर मन्त्री बनाइएका थिए। ब्रेजिक्टबारे जोनसन परिवार विभाजित छ। बोरिस जसरी पनि बेलायतलाई इयूबाट अलग्याउनु पर्छ भन्नेमा छन् भने उनका बुवा र बहिनी इयूका कट्टर समर्थक छन्।

यस्तै हङकङकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने आफ्नो निर्णयमा चीन सरकारको सम्मान र समर्थन रहेको बताएकी छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा लामले सुपुर्दगी विधेयक अगाडि बढाउनेदेखि फिर्ता गर्ने सबै प्रक्रियामा आफ्नो दृष्टिकोणप्रति बेइजिङले समर्थन जनाएको बताइन् । लामको यो भनाइ चीनको स्वायत्त क्षेत्र हङकङमाथि चीनको बढ्दो नियन्त्रणको प्रमाण रहेको विश्लेषण गरिएको छ ।

लामले प्रत्यक्ष वार्ताका लागि सरोकारवालालाई आह्वानसमेत गरेकी छन् । गएको अप्रिलमा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई मुख्य भूमि चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था गरिएको थियो । तर, १४ हप्ता लामो विरोध प्रदर्शनपछि लामले बुधबार विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । उक्त विधेयक महिनौंदेखिको विरोध प्रदर्शनको मुख्य कारक बनेको थियो ।

तर, प्रदर्शनकारीहरुले भने यो कदम ढिलो चालिएको भन्दै अन्तुष्टि जनाएका छन् । हङकङमा पूर्ण प्रजातान्त्रिक अधिकारहरू हुनुपर्ने लगायतका माग पूरा नभएसम्म प्रदर्शन जारी रहने उनीहरुको अडान छ । बढ्दो विरोध प्रदर्शनपछि गएको जुनमा लामले उक्त विधेयक निलम्बित भएको जनाएपनि त्यसलाई फिर्ता नै भने लिएकी थिइनन् । चीनको स्वायत्त क्षेत्र हङकङ एक मुलुक दुई प्रणालीअन्तर्गत् सन्चालित छ । (एजेन्सी) सन्चारकेन्द्रबाट लिइएको ।

प्रतिक्रिया