आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलि भदौ १५ गते सार्वजनिक विदा, यस्तो छ कारण, विज्ञप्तिसहित

प्रकाशित
32.2K
SHARES

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारले एक सुचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार भाद्र  १५ गते सुदूरपश्चिमको महत्वपूर्ण ‘अटवारी’ पर्व परेकाले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु विदा हुनेगरी सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो । एक दिन व्रतका लागि बिदा दिए पनि दिदीबहिनीलाई अग्रासन दिने दिन पनि बिदा दिनुपर्ने माग गरिएको छ । थारु समुदायका पुरुषले पानीसमेत नखाइ दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।

यसैबीच प्रदेश सरकारले अँटवारी पर्वको अवसरमा सार्वजनिक विदा घोषणा गरेकोमा थारु समुदायले खुशी व्यक्त गरेको छ । राष्ट्रिय जनगणना २०६८ ले सुदूरपश्चिम प्रदेशको जनसंख्या करिब २५ लाख ६० हजार छ । कूल जनसंख्याको करिब १७ दशमलव २१ प्रतिशत थारु समुदाय रहेको प्रदेशमा सरकारले विदा घोषणा गरकोमा थारु अगुवा दिल बहादुर चौधरीले खुशी व्यक्त गरे । केन्द्र सरकारले उपेक्षा गरिरहेको बेला प्रदेश सरकारले थारुहरुको मर्म र भावना अनुरुप विदा दिएकोमा प्रदेश सरकारलाई उनले धन्यबाद समेत दिए । कैलाली र कंचनपुर जिल्लामा थारु समुदायहरु बसोबास गर्ने गर्छन् ।

थारू समुदायले अँटवारी पर्वमा अघिल्लो दिन राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि आफुले खाने र भोलिपल्ट बिहान समेत भात पकाएर देउतालाई चढाइसकेपछि मात्रै खाने चलन रहेको थारु अगुवा चौधरीले बताए । उनले विवाहिता छोरी÷चेलीहरुका लागि ‘अग्रसान’ समेत दिने चलन रहेकोले उक्त दिन मिठा–मिठा खानेकुरा, फलफुल, दहि लगायतका परिकार बनाएर छोरी÷चेलीहरुलाई पुगाउन जाने चलन रहेको बताए ।

सार्वजनिक यात्रा गर्दा पैसा नलालाग्ने देश कुन कुन
यात्रा गर्न कसलाई मन नर्पला र ? नयाँ नयाँ ठाउ घुम्ने अनुभव संगाल्ने यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन । तर यात्रा भन्ने वित्तिकै हामी यसलाई निकै खर्चिलो मान्दछौ । नेपालमा हवाईयात्रा तथा केवलकार यात्राको भाडादर उच्च छ । साथै सडकयात्रा र सीमित रहेको जलयात्रा समेत खर्चिलो मानिन्छ । तर विश्वका केहि यस्ता देश र शहर छन् जहाँ, सार्वजनिक यात्रा निशुल्क हुने गर्दछ ।

लग्जमबर्ग – जर्मनी, बेल्जियम र फ्रान्स जस्ता देशबाट घेरिएको लग्जमबर्ग विश्वको पहिलो यस्तो देश बन्नेवाला छ, जहा सार्वजनिक यातायात सबैका लागि निःशुल्क हुनेछ । सन् २०२० को मार्चबाट लग्जमबर्गमा निशुल्क यात्रा लागू हुने भएको हो । यूरोपको सबैभन्दा सानो देश लग्जमबर्गमा अत्यधिक जाम हुने गरेको छ । एस्टोनियाको राजधानी टालिन – बाल्टिक समुन्द्र र फिनल्याण्डको खाडी क्षेत्रत्रको बोडरमा अवस्थित एस्टोनियाको राजधानी टालिनमा सन् २०१३ बाटै सार्वजनिक यात्रा निशुल्क छ । निशुल्क यात्राका लागि टालिन बासिन्दाले मतदान समेत गरेका थिए । जसमा ७५ प्रतिशत मानिसले निशुल्क यात्राका पक्षमा मतदान गरेका थिए । निशुल्क यात्राले सवारी जामको समस्या हटेपछि अब एस्टोनिया भरी निशुल्क यात्रा लागु गर्ने योजना बनाइएको छ ।

बेल्जियमको हस्सेल्ट – बेल्जियमको लिम्बर्ग प्रान्तको राजधानी हस्सेल्टमा सार्वजनिक यात्रामा लागु गर्ने भन्दै सन् १९९७ मा भाडा प्रकृया हटाइएको थियो । तर लिम्बर्ग प्रान्तको यस कदमले सन् २००६ सम्म पनि सवारी साधनको संख्या वृद्धि हुन रोकिएन जसका कारण १९ बर्षपछि यस योजनालाई खारेज गरीएको थियो । तर १९ बर्ष भन्दा कम उमेरका किशोरका लागि भने अझै पनि यात्रा निशुल्क छ । जर्मनी – जर्मन सरकारले चाडैं प्रदूषित हुने शहरमा सार्वजनिक यातायातमा निशुल्क बनाउने योजना बनाएको छ । जर्मनीमा हुने सडक जामको समस्या न्युनिकरणका लागि सरकारले सार्वजनिक यातायातलाई निशुल्क बनाउन लागिएको हो । यदि यो योजना लागु भएमा बन, एसेन, राटलिंगन, मैनहेम र हेरनबर्गमा निशुल्क यात्रा लागु हुनेछ ।

प्रतिक्रिया