आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पत्रकार पुनर्वहालीको माग गर्दै सडकमै बहस कार्यक्रम, विभिन्न संघसगठन द्वारा एकेबद्वता

प्रकाशित
1.9K
SHARES

डोटी । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकरकर्मीलाई बिना कारण सेवाबाट हटाएको विरोधमा पुनर्वहालीको माग गर्दै रेडियो नेपाल दिपायलको गेटमा सोमबार बहस कार्यक्रम गरिएको छ। बहस कार्यक्रममा विभिन्न संघसगठनले एकेबद्वता समेत जनाका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाइमा पुर्नबाहलीको माग गर्दै रेडियो प्रदेश प्रशारण केन्द्र अगाडि एक सातादेखि धर्ना कार्यक्रम चलिरहेको छ । तीन जना सञ्चारकर्मीलाई सेवाबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नुपर्ने भन्दै आइतबार बहस कार्यक्रममा नागरिक समाज, गैरसरकारी संस्था महासंघ, उद्योग बाणिज्य संघ,शिक्षक महासंघ , नेपाल ट्रेड युनियन काङ्ग्रेस लगायतले एकेबद्वता जनाएका हुन् ।

बहस कार्यक्रममा बोल्दै शिक्षक महासंघका पुर्ब अध्यक्ष खडक बहादुर खड्काले लामोसमयदेखि कार्यरत सञ्चारकर्मीलाइ सेवाबाट बिनाकारण हटाइनु दु:खद कुरा भएको बताए । डोटी उधोग बाणिज्य संघका महासचिव तथा होटल ब्यबसायीसंघका अध्यक्ष दिपक बहादुर खड्काले ‘सञ्चारकर्मी माथि नै यस्तो अन्याय हुन्छ भने अरुसमाज माथि के होला ?’ भन्दै आपत्ति जनाएका छन् । उनले यस्ता कार्य तत्काल सच्याउन सरकारसंग माग समेत गरेका छन् । यस्तै बहस कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासघ डोटीका अध्यक्ष रघु कठायतले बिनासर्त तत्काल तिन जना सञ्चारकर्मीलाई पुनर्वहाली गर्न माग गरेका छन् । ‘पत्रकारिता जगतमाथि नै सुनियोजित तरिकाले यसरि आक्रमण हुनु भनेको लोकतन्त्र माथी आक्रमण नै हुनु हो’ उनले भने । डोटी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष तथा सल्लाहकार नरेन्द्र बहादुर खड्काले जुन देशमा पत्रकारीता जगतलाई नियन्त्रण गर्न खोजिन्छ त्यो देशको कहिले उन्नति प्रगति नहुने बताए ।

यस्तै नागरिक समाजबाट बोल्दै अनन्त कठायत र भरत कठायतले बिना कारण संचारकर्मचारिलाई सेवाबाट हटाइनु अन्यायपूर्ण निर्णय भएको बताए । यस्ता निर्णय तत्काल नसच्याए यसको दुर्गामि असर नराम्रो पर्ने उनले बताए । यसैगरि शिक्षक संघ डोटीका अध्यक्ष संकर कठायतले यस्ता निर्णय तत्काल सच्याउन माग गरेका छन् । यस्तै रेडियो नेपाल दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मी प्रकाश बम, सुनिता रावल र चक्र कुवरले आफुहरुमाथि अन्याय भएको बताएका छन् । अन्याय विरुद्ध आवज बुलन्द गर्ने संचारकर्मी नै अन्याय पर्नु भने दु:खद कुरा भएको बताएका छन् । यस्तै नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले अकारण सेवाबाट हटाइका तीन जना सञ्चारकर्मीलाई तत्काल बिना सर्त पुनरबाहलिको माग गरेका छन् ।

‘काम गर्न रेडियो नेपाल गएका तीन जना संचारकर्मीलाई अकारण यसरी हटाइनु संचार क्षेत्रको नै धज्जी उडाउनु हो’ अध्यक्ष बलायरले भने । दिपायल प्रशारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो । यसको विरोधमा महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ । तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो । भदौ एक गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ । रास्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ ।

प्रतिक्रिया