आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भिडियो कन्फेरेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीले गर्नेछन् सम्बोधन

प्रकाशित
2.5K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुरमा छन्। गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अबस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। भिडियो कन्फेरेन्समा सिंहदरबारबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले गएको बुधबार मन्त्रिपरिषद् बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो। यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । नेकपाका एक जना अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारमा गएका बेला अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बस्न लागेको हो । नेकपा एकीकरणको वर्षदिन भन्दा लामो समयमा प्रचण्डको अध्यक्षतामा पहिलोपटक बैठक बस्न लागेको हो । बैठकले महत्वपूर्ण एजेण्डामाथि छलफल गर्ने र केहि निर्णय पनि गर्ने बताइएको छ ।

यसअघि (हिजो) दिउँसो १ बजेका लागि बोलाइएको बैठकको तालिका भने परिवर्तन भएको छ । वैठक अहिले ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरि तय भएको छ । खासमा प्रवास कमिटी, छ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल गर्न बैठक डाकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्। ‘बैठक आज सोमबार पार्टी कार्यालय धुम्बाराही बस्नेछ’, उनले भने। यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए। उपचारको सिलसिलामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा छन्।

प्रतिक्रिया