आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केहि ठाउँमा मेघ गर्जनसहितको वर्षा

प्रकाशित
1K
SHARES

काठमाडौं । मनसुन विस्तारै कम सक्रिय भइरहेका बेला आज (आइतबार) पनि देशभरको मौसममा आंशिक परिवर्तन हुनेछ । अहिले देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको छ । पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अबस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान: भदौं ८ गते (आईतबार) दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यस्तै राति देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ ९ गते (सोमबार) दिउँसो देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ। देशको पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको छ। भने रातिदेशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै भदौ १० गते (मंगलबार) दिउँसो देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२७ जिल्लाको मौसमी विवरण
मौसम पूर्वानुमान महाशाखाले २७ जिल्लाको मौसमी विवरण अब निरन्तर प्रकाशन गर्नेभएको छ । यसअघि किसानका लागि त्यो मौसमी विवरण नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बुलेटिन तयार गर्न पठाउन बनाइने गरिएको थियो । अबदेखि आफ्नो वेबसाइटमा बिहीबार निरन्तर प्रकाशन गरिन थालेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन। उनले भनिन, ‘भविष्यमा ७७ जिल्लाकै मौसमी विवरण सार्वजनिक गर्ने योजना हो, तर हाल नार्कको परियोजना अनुसार काम भइरहेकाले खेती किसानलाई सघाउने उद्देश्यले २७ जिल्लाको मात्र सार्वजनिक गरिएको हो।’

कँडेलका अनुसार मनसुनमा निर्भर नेपालको खेती प्रणालीलाई सघाउने किसिमले साप्ताहिक बुलेटिन तयार पारिएको बुलेटिनकै आधारमा नार्कले थप छलफल गरी आफ्नो बुलेटिनमा प्रकाशन गर्छ । त्यसपछि किसानको पहुँचमा पुर्‍याउने गरी सन्देश पठाइने कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिए । यसले अन्य सर्वसाधारणको जीवनमा पनि सकारात्मक सहयोग गर्ने भएकाले महाशाखामार्फत सार्वजनिक गर्न थालिएको हो । ‘भनिँदा २७ जिल्लाको भनिए पनि देशभरका सर्वसाधारणलाई योजनाबद्ध यात्रा गर्न र कामको योजना बनाउन साप्ताहिक मौसमी विवरणले सघाउने छ,’ उनले भने ।

प्रकाशित साप्ताहिक मौसमी जानकारीअनुसार वर्षा, तापक्रम, मौसमी अवस्थिति, महत्त्वपूर्ण मौसमी आँकलन जिल्लाअनुसार उल्लेख गरिएको छ । आगामी बिहीबारसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरीमा आगामी हप्ताभर हल्कादेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ । त्यस क्षेत्रमा हालको तापक्रम ३५ डिग्री आसपास नै रहने जनाइएको छ । केही क्षेत्रमा मेघ गर्जनसहितको वर्षा हुने अनुमान गरिएको छ । बारा, चितवन, रुपन्देहीमा भने तापक्रम हालभन्दा केही बढ्ने तर वर्षाको अवस्था पूर्वको झैँ रहने जनाइएको छ ।

बाँके तथा कैलालीका केही स्थानमा भारी वर्षा हुने तथा अन्यत्र मध्यमसम्मको वर्षा हुने अनुमान छ । तापक्रममा खासै परिवर्तन हुने छैन । धनकुटा, दोलखा, काभ्रे, धादिङमा हल्कादेखि मध्यम वर्षा साताभर कायम रहने बुलेटिनमा जनाइएको छ । कास्की, पाल्पा, रुकुममा तापक्रम यथावत रही केही क्षेत्रमा भारी वर्षा हुनेछ । दाङ, सुर्खेत, डोटीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सङ्खुवासभा, मुस्ताङ, जुम्ला र दार्चुलामा साताभर नै आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै उदयपुर तथा अर्घाखाँचीमा सामान्यदेखि मध्यम बदलीको अवस्थामा मौसम रहने साप्ताहिक मौसमी बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनको मौसमी विवरणअनुसार भने काठमाडौँलगायत देशभर सामान्यदेखि मध्यम बदली रहनेछ । उनका अनुसार यसपटकको मनसुनमा न्यूनचापीय रेखाको पूर्ण असर नेपालभित्र पर्न सकेको छैन । बङ्गालको खाडीबाट नजिक आउने तर नेपालभित्र स्थिर नरहने कारण वर्षा कम भएको उनले बताए । हाल मनसुनको न्यूनचापीय रेखा बङ्गालको खाडीमा उडिसा नजिक माथिल्लो वायुमण्डलमा छ ।

प्रतिक्रिया