आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विष्णु पौडेललाई इंगित गर्दै ईश्वर पोखरेलले भने- ‘सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति हामीभित्रै छ’

प्रकाशित
1.6K
SHARES

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवं नेकपा स्थायी समिति सदस्य ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति आफूहरुभित्रै रहेको बताएका छन् । पोखरेलले पार्टी महासचिव विष्णु पौडेलतर्फ संकेत गर्दै सार्वजनिक सम्पत्ति कब्जा गर्दा आनन्द मान्ने प्रवृत्ति आफूहरुभित्रै रहेको बताए । पौडेल बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका छन् । यसअघि पनि पोखरेलले पौडेललाई लक्षित गरी त्यस्तै अभिव्यक्ति दिएका थिए । ‘म कसैलाई तोकेरै भन्न चाहन्न । तर, सार्वजनिक सम्पत्ति हडप्दा मज्जा मान्ने प्रवृत्ति हामीभित्रै छ’, प्रदेश ३ सरकारले राजधानीमा निर्माण गरेको ‘लम्टाङ्गिन टुसाल पार्क’ उदघाटन कार्यक्रममा शनिबार पोखरेलले भने, ‘सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने भन्ने चुनौती हाम्रो अगाडि छ ।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताबाट बनेको नेकपामा महासचिवमा पोखरेलको दाबी थियो । तर, एमाले महासचिव रहेका पोखरेल सचिवालयमा घटुवा भने उपमहासचिव पौडेल एकीकृत पार्टीको महासचिवमा बढुवा भए । सोही कारण पौडेल र पोखरेलबीच खटपट छ । यता तत्कालीन एमालेको स्कुल विभागका प्रमुख शङ्कर पोखरेलले पहिलाको विभागको तुलनामा अहिलेको स्कुल विभागलाई एक खालको चुनौतिपूर्ण दायित्व थपिएको बताए । स्कुल विभागको जिम्मेवारी नयाँ पार्टी गठन भएर गठन भएको स्कुल विभागका प्रमुख ईश्वर पोखरेललाई जिम्मेवारी हस्तान्तरण गर्दै उनले भने, “पहिलाको तुलनामा चुनौतिपूर्ण दायित्व थपिएको छ, स्कुल विभागको बाहिर चर्चा परिचर्चा भएजस्तै यसको महत्व र गरिमालाई कुशल व्यवस्थापन गर्नुपर्ने बाध्यता र चुनौती दुवै छ ।”

प्रदेश नं–५ का मुख्यमन्त्री रहेका पोखरेलले आधारभूत ज्ञानको आधारमा पार्टीको सिद्धान्त र विचारलाईसँगै लैजान नसकिए पार्टी पङ्तिलाई सम्बोधन गर्न कठिन हुने भन्दै विभागलाई प्रभावकारी ढङ्गले नयाँ उपचाइमा पुर्‍याउन नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । वामपन्थी आन्दोलनमा पठनसंस्कृति राम्रो रहेपनि पछिल्लो समय पठन संस्कृति सामाजिक सञ्जालमा केन्द्रित भएको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले पार्टी पङ्तिमा नियमित स्कुल आवश्यक भएको र वामपन्थी आन्दोलनलाई पार्टी कार्यकर्तामात्र हैन समाज र जनताले अध्ययन गर्नपाउने वातावरण सिर्जना गर्न जरुरी भएको उल्लेख गरे ।

प्रतिक्रिया