आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिमा मिचेर भारतीयले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा त्रास

प्रकाशित
1.4K
SHARES

रौतहट। दशगजा मिचेर भारतीयले अर्को बाँध बनाउन थालेपछि सीमावर्ती नेपाली बस्तीमा डुबानको त्रास बढेको छ । सीमामा पुरानो बाँधको उचाइ थप्न र अर्को नबनाउन नेपाली पक्षले गरेको अनुरोध बेवास्ता गर्दै पुरानोमाथि बोरामा माटो भरेर थप्ने र नयाँ बनाउन सुरु गरेका हुन् । यस्तो गतिविधिले नेपाली बस्तीमा त्रास बढेपछि सुरक्षाकर्मीको निगरानी बढाइएको छ । वाग्मतीदेखि पश्चिमको औरैया र बन्जाराहासम्मको भारतीय बाँधको उचाइ थपिँदै छ ।

भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिटभन्दा अग्लो झन्डै ३० किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबानको समस्या बढेको हो । त्यही बाँधको झन्डै ३ फिट उचाइ थप्न भारतले पूर्व क्षेत्रबाट काम सुरु गरेको छ । औरैया क्षेत्रमा नयाँ बाँध बनाउन थालेपछि रौतहट प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले पिलर नम्बर ३४७ मिचेर बोरामा माटो पुर्ने काम गरेको पाइएपछि रोकेको बताए । २०७४ मा ईशनाथको बन्जाराहा क्षेत्र डुबानमा परेपछि १ नम्बर वडामा सीमाको बाँध केही ठाउँ भत्किएको थियो । भारतीय पक्षले त्यसैलाई मर्मतको निहुँमा उचाइ थप्ने काम थालेको हो ।

केहिदिन सीमा क्षेत्रमा भारतले १९ सय मिटर लम्बाई भएको बाँधमा सिमेन्टका बोरामा माटो ढुङ्गा भर्दै दुवैतिरको पिँधको चौडाइ बढाउने काम गरेको छ । बाँधको झण्डै २ किलोमिटरको दुरीमा पानी निकास हुने ढोका नरहेको उनले भनाइ छ । ‘दुई देशको सीमानामा यसरी बाँध बनाएर भारतीय पक्षले अत्याचार गरेको छ । बोर्डर पिलरसँगै जोडिएर उनीहरुले निकै अग्लो बाँध बनाएका छन्’ वडा अध्यक्ष व्यासले भने ‘बाँधका कारण हामी वर्षेनी पीडित हुने गरेका छौ । विभिन्न बहानामा भारतीय सुरक्षाकर्मीले अहिले फेरी बाँधमा निर्माण कार्य गरेका छन् ।’

बन्जरहामा भारतले पूर्व पश्चिम सीमानाका क्षेत्रमा निर्माण गरेको सो बाँधले बन्जरहा क्षेत्र वर्षौँदेखि डुबानमा परेको उनले बताए । भारतले बनाएको बाँध नेपाली भूमिमै पर्ने दावी बन्जरहाका स्थानीयले गरेका छन् साथै उक्त बाध निर्माण कार्य तत्काल बन्द गर्न र बाध हटाउन पनि स्थानीयले माग गरेका छन् । यता सीमाक्षेत्रमा भारतीय पक्षले बाँध मर्मतको नाममा काम गर्न थालेको सूचना पाएपछि नेपाली पक्षले सो काम रोक्न लगाएको छ ।

प्रतिक्रिया