आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वोच्चको आदेशमा नेकपाका नेता विश्‍वसहित तीनजना रिहा

प्रकाशित
1K
SHARES

काठमाडौं । प्रतिबन्धित नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता लालबहादुर ओली ‘विश्व’ सहित नेता नेता रिहा भएका छन् । रोल्पाका स्थानीय नेता विश्‍वसँगै अखिल क्रान्तिकारी नेता बुद्धहाङ नेम्वाङ र कृष्णबहादुर शाही सर्बोच्च अदालतको आदेश रिहा भएका हुन् । रिहाइभए लगतै उनि अहिले आफन्तको सम्पर्कमा आइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको चौथो पटकको आदेशमा नेता विश्‍व रिहा भएका हुन् । यसअघि रिहा लगत्तै पुनः गिरफ्तार गर्दै आएपनि शुक्रबार भने रिहा भएका छन् । नेता विश्‍वका छोरा विनोद ओलीले गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा चौथो पटक रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायधीस सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको संयुक्त इजलासले विश्‍वसहित तीनै जनामाथि लगाइएका आरोप पुष्टी नभएको भन्दै रिहाको आदेश दिएको थियो । रोल्पाको गंगादेव गाउँपालिका -३ का स्थायी बासिन्दा विश्व १ सय २७ दिनपछि रिहा भएका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको पक्षमा अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दयाराम पोख्रेलले बहस गरेका थिए । विश्व पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार भएका थिए । पहिलो पटक बैशाख ६ गते गिरफ्तार भएका विश्वलाई घोराही वडाप्रहरी कार्यलय दाङ्गमा राखेर राज्यबिरुद्दको कसुर र संगठनिक अपराधको मुद्दा लगाएको थियो ।

सर्बोचको आदेश अनुसार जेठ २४ गते पहिलो पटक थुनामुक्त भएका ओलीलाई सोहि दिन दोस्रो पटक गिरफ्तार गरी रोल्पा जिल्ला प्रसासन कार्यलयमा लगिएको थियो । रोल्पामा प्रहरीले ओलीलाई संगठित अपराध र एनसेल टावर आगजनी सम्बन्धि मुद्दा लगाएको थियो तर सर्बोच्चको आदेशानुसार उनि साउन १० गते दोस्रो पटक मुक्त भएका थिए तर सोहि दिन पुन: तेस्रो पटक गिरफ्तार गरि प्युठान लिएको थियो ।

प्युठानमा उनलाई अभद्र तथा दुर्व्यवहार सम्बन्धी मुद्दा लगाएको थियो। विश्‍व साउन २७ गते पुन: तेस्रो पटक रिहाइ भएलगतै चौथो पटक गिरफ्तार गरि अर्धाखाँचीको सन्धिखर्च लगिएको थियो । अर्धाखाँचीमा पनि सोही मुद्दा लगाएको थियो ।

विश्व शहिद परिवार
बिश्व १० बर्षे जनयुद्धका शहिद परिवार समेत हुन् । उनका कान्छो भाई खकेन्द्र ओली ‘शिव’ जनमुक्ति सेनामा कार्यरत थिए । शिव सल्यान कपुरकोटको रिपिटर टावर आक्रमणमा २०५८ सालमा सहिद भएका थिए । २०४९ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका विश्‍व २०५२ सालबाटै भूमिगत भएका थिए । त्यसैगरी अखिल क्रान्तिकारीका नेता नेम्वाङलाई प्रहरीले साउन २४ गते सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेको थियो । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत नेम्वाङ १४ दिनपछि रिहा भएका हुन् ।

बाँके चिसापानीका शाही भने लामो समय पछि रिहा भएका छन् । उनलाई राज्यद्रोह, संगठित अपराध सम्बन्धी मुद्दा लगाइएको थियो । नेकपामा संलग्नताको आरोपमा गिरफ्तार गरिएका शाहीलाई चेत्र ११ गते गिरफ्तार गरिएको थियो । अदालतको आदेश लगत्तै शाहीलाई प्रहरीले पुनः गिरफ्तार गरेर बाँके, बर्दिया, कैलाली कारागार र फेरि बर्दिया घुमाइएको थियो । सर्वोच्चले बन्दसहित उपस्थित गराउन दिएको आदेश दिएपछि उनलाई बर्दियाबाट सर्वोच्च अदालत ल्याइएको थियो ।

त्यसैगरी पत्रकार तथा साहित्‍यकार खेम थपलियाको रिहाइको माग गर्दै परेको रिटमा आजै सुनिवाइ भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको जवाफसहित सोमबार बन्दसहित उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । थपलियालाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसीले रिट दायर गरेका थिए ।

प्रतिक्रिया