आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक र डिन सहित २५ जना डाक्टरद्वारा सामूहिक राजिनामा

प्रकाशित
1.2K
SHARES

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कार्यरत निर्देशक सागर क्षेत्री र डिन बसन्त लामिछाने सहित २५ जना डाक्टरहरुले सामुहिक राजिनामा दिएका छन् । प्रतिष्ठानको उपकुलपति संगीता भण्डारी र रजिष्टार रामप्रसाद प्याकुरेलले ज्यादती गरेको भन्दै आन्दोलनमा उत्रिएका डाक्टरहरुले विहिबार बेलुका सामुहिक राजिनामा दिएका हुन् ।

डाक्टरहरुलाई निकाल्ने, विभिन्न धम्कीहरु दिने र काम गर्ने वातावरण नै धमिल्याउने कार्यमा उपकुलपति र रजिष्ट्रार नै लागेपछि आजित बनेर डाक्टरहरुले सामुहिकरुपमा राजिनामा दिएका हुन् । आफुहरुमाथि बारम्बार विभिन्न अनुचित बहानामा स्पष्टीकरण, बर्खास्ती, धम्की लगाएतका बनोबल खस्काउने खालका दवावहरु दिएको भन्दै आफूहरु शारिरीक तथा मानसिक रुपमा विक्षिप्त बनेको डाक्टरहरुले बताएका छन् । केहि चिकित्सकहरुलाई अनाबस्यक लान्छना लगाएर बर्खास्त गर्न खोजेको भन्दै त्यसको विरुद्धमा एक भएर लाग्ने उनीहरु बताए ।

आफूहरुले पटक पटक काम गर्ने बाताबरण बनाउन माग गर्दा पनि चरम मानसिक यातना दिएको उनीहरुले राजनीनामा पत्रमा उल्लेख गरेका छन् । चिकित्सकहरुले कुलपति तथा प्रधानामन्त्रीको कार्यालय, सहकुलपति तथा स्वास्थ्य मन्त्रीको कार्यालय, नेपाल मेडिकल एशोसियसन, नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालयमा बोधार्थ समेत पठाएका छन् ।

राजिनामा दिनेहरुमा डा. जीत नारायण यादव, डा. दिनेश उप्रेती, डा. ओम अर्याल, डा. अनिल प्रसाद यादव, डा. सागर पन्थी, डा. रामेश्वर देवकोटा, डा. विक्रम बुढाथोकी, डा. सुरेन्द्र कुँवर, डा. कृष्णहरी सुबेदी, डा. बसन्त लामिछाने, डा. ईश्वरी भुषाल, डा. राजन शाक्य, डा. अमित लाम्गाडे, डा. जेम्स महर्जन, डा. वर्षा मानन्धर, डा. अभ्यास पोख्रेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. धना केसी, डा. प्रितम डिसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय, डा. सुवर्ण बुढा र डा. मनोज यादव रहेका छन् । प्रतिष्ठान आफैले नियुक्त गरेका डाक्टरलाई उपकुलपति भण्डारी र रजिष्टार प्याकुरेलले एक-एक गरी डाक्टरलाई निकाल्न खोजेपछि डाक्टरहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया