आज : गते

ताजा शिर्षकहरु

प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै, यस्तो छ तयारी

प्रकाशित
1.4K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज (बिहीबार) सिंगापुर जाँदै छन् । दिउँसो साढे १ बजेको उडानबाट प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । थाई एयरमार्फत सिंगापुर जाने प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । यसअघि पनि उनले त्यही स्वास्थ्य परीक्षण गराएका थिए । अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि ९ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन । सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन् । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गरेका प्रधानमन्त्रीले बीचमा स्वदेशमै उपचार गराएका थिए । तर, उनी गत साउन १८ गते सिंगापुर गएका थिए । एक सातासम्म बस्ने भनिए पनि फर्किने मिति यकिन भएको छैन । उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका छन् । संविधान दिवस आउन १ महिना बाँकी छ ।

साथै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे अफवाह फैलाइएको भन्दै चुनाव लड्न तयार रहन विपक्षीलाई चुनौती दिएका छन् ।उनले विरोधीहरू आफूसँग चुनाव लड्न तयार नदेखिएको बताए । ‘भोलि सिंगापुर जाँदै छु, केही दिनका लागि । अचम्म लाग्छ, विरोधीहरू कति कमजोर भएछन्, ऊ बाँचोस् तैपनि मुकाबिला गर्छौं भन्नु छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्, त्यस्तासँग मलाई केही भन्नु छैन,’ उनले भने, ‘त्यस्तो चाहनेहरूलाई म आउँदो चुनाव पनि सामना गर्न तयार रहन भन्न चाहन्छु ।’

मरिगए हुन्थ्यो भन्नेलाई आउँदो चुनाव ‘टफ’ हुने भन्दै उनले अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि सुरु गर्न चुनौती दिए । ‘म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्षअगाडि बिरामी थिएँ, अब १५ वर्ष अखडामा सामेल छु, बाँकी १५ वर्ष अखडामै हुन्छु,’ उनले भने ।ओली उपचारका लागि विदेश जाने भएकापछि अहिले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बसिरहेको छ ।

प्रतिक्रिया