काठमाडौं । सर्वाेच्च अदालतले पत्रकार तथा साहित्यकार खेमराज थपलियालाई ३ दिनमा अदालत उपस्थित गराउज विपक्षीमा नाममा आदेश दिएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले सर्वाेच्चमा साेमबार दायर गरेकाे रिटमाथिको मंगलबारकाे बहसपछि साे आदेश दिएको हो । पत्रकार, लेखक तथा साहित्यकार थपलियाको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा ९ नम्बर बेन्चमा न्यायाधीश प्रकाशमान सिंह रावतको एकल इजलासले मंगलबार दिएको थियो ।
उक्त रिटमा बरिस्ठ अधिबक्ता एकराज भण्डारी, अधिबक्ताहरू कपिलचन्द्र पोखरेल, भक्तिराम घिमिरे र चुडाबहादुर निरौलाले बहस गरेका थिए । थपलियाको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जैसीले निशर्त रिहाईकाे माग गर्दै सर्वोच्च अदालतमा साेमबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । थपलियालाई सावन २५ गते काठमाडौंको बागबजारस्थित जलजला पत्रिकाको कार्यालयबाटै गिरफ्तार गरिएको थियो ।
प्रतिक्रिया