आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नयाँ मोडमा घटना काजक्रिया सकेर आजै शालीकरामकी पत्निले दिईन् रवि लामिछाने विरुद्ध प्रहरीमा यस्तो जाहेरी

प्रकाशित
32.4K
SHARES

काठमाडौ । पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौ मार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले आत्मह’त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अ’पराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएको पुडासैनीका छिमेकी गोकर्ण न्यौपानेले बताए । शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिइएको परिवारले जनाएको छ ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झु’ण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले आत्मह’त्या गरेको बताएका छन् । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने समर्थकले भरतपुरमा जम्मा भएर उनीहरुमाथि छानबिन र कारबाही नगर्न दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरुले जिल्ला प्रहरी कार्यालयमा समेत तोडफोड र ढुंगामुढा गरेका छन् ।

प्रतिक्रिया