आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रबि लामिछानेलाइ आइलाग्यो अर्को तनाव, अमेरिकाले दियो घर नै खाली गर्ने सूचना

प्रकाशित
31.6K
SHARES

काठमाडौं । पत्रकार रवि लामिछाने यतिवेला चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यूज २४ का पूर्व सहकर्मी पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको नेपालआज अनलाइनको युट्युब च्यालमार्फत सार्वजनिक एक भिडियोमा आफ्नो मृत्युको कारण रवि लामिछाने, युवराज कडेल र अस्मिता भनिने रुकु कार्की भएको बताएपछि थप अनुसन्धानको लागि भन्दै उनीहरु तीनै जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका पत्रकार लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् । पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषय सम्मले लामिछाने विवादमा तानिएका थिए । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए । तर उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास नलिने बताए ।

उनी अवैधानिक रुपमा नेपालमा बसेर काम गरिरहेको भन्दै विरोध तिब्र भएसँगै लामिछानेले अमेरिकाको नागरिकता त्यागेर पुन: नेपालको नागरिकता लिएका थिए । त्यसपछि उनी पत्नीसँगको डिभोर्स प्रकरणका कारण चर्चामा रहे । पत्नी इशासँग डिभोर्स गरि रविले निकिता पौडेलसँग विवाह गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ नै प्रहरीले चितवन लगेको थियो । उनीहरुलाई चितवनमा पु¥याउँदा रातिको १ बजेको थियाे । राति चितवन पु¥याइएका लामिछानेलाई आजै चितवन जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा उपस्थित गराएको हाे ।

जिल्ला अदालतमा रविलाई थुन्ने वा नथुन्ने भन्ने विषयमा बहस भएको थियो । रविसहित तीन जनाका पक्षमा नेपाल बार एशोसियसनका पूर्व महासचिव सुनिल पोखरेलसहित तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसैगरी उनको विपक्ष तथा मुद्दाको वादी पक्षबाट सरकारी वकिलले बहस गरेका थिए ।

सो बहसमा सरकारी वकिलले रविसहित तीनै जनालाई कम्तिमा १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट बहस सुनेपछि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले प्रहरीलाई अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप गरेको हो ।

प्रतिक्रिया