आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा नेता ढकालको निवासमा लगातार ३ वटा बम विस्फोट, यस्तो छ थप विवरण

प्रकाशित
1.3K
SHARES

बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ स्थित ढकालको निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो ।

ढकालको सुत्ने कोठा, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । विस्फोटबाट कारको पछाडिको भागमा क्षति पुगेको छ । कोठामा भने प्रहार गरिएको बम विस्फोट नभएकाले क्षति नभएको बताइएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ढकालको निवासमा बाबा–आमा र पत्नी मात्र रहेका थिए । नेकपाका प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा बम विस्फोट भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए । यो समाचार तयारपार्दासम्म बम कसले किन विस्फोट गराएको हो भन्नेबारे स्वतन्त्र पुष्टी भएको छैन । स्थानीयवासीले बाइक चढेर आएका ३ जना बम हानेर भागेको बताएका छन् । घटनाको हालसम्म कसैले जिम्मा लिएको छैन ।

प्रतिक्रिया