आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपाका १७ नेता कार्यकर्ता झापाबाट गिरफ्तार, ओली चौथोपटक अदालत परिसरमै प्रहरी घेराबन्दीमा

प्रकाशित
1.1K
SHARES

सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका १७ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नेकपाका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्। नेकपाले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पनि बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय ७, ८ र ९०मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि नेकपाले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए। मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

यस्तै उता प्रहरीले नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’ लाई चौथो पटक गिरफ्तार हरेको छ । ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले तेस्रो पटक आदेश दिएको थियो तर सर्बोच्चको आदेशसँगै प्रहरीले जिल्ला अदालत प्युठानबाटै गिरफ्तार गरेर अर्घाखाँची जिल्लाको सन्धिखर्क पुर्याएको बताइएको छ ।

ओलीको गिरफ्तारीपछि तेस्रो पटक दायर गरेको प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै सर्वोच्चले रिहाकाेआदेश दिएको थियो । ओलीलाई गैरन्यायीक तरीकाले हिरासतमा राखेको भन्दै रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । रोल्पाको गंगादेव गाउँपालिका ३ का ओलीलाई प्रहरीले बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला दाङकाे तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरेको थियो । प्रहरीले ओलीलाई रोल्पामा संगठित अपराध र एनसेल टावर आगजनीसम्बन्धि मुद्दा लगाएको थियो । नेकपा नेता कार्यकर्ताहरु गिरफ्तार हुने क्रम इ रोकिएको छैन ।

प्रतिक्रिया