आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पोखरामा क्रान्तिकारीका ३ नेता प्रहरी घेराबन्दीमा, क्याम्पस भित्र विद्यार्थी, बाहिर प्रहरी

प्रकाशित
1K
SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का तीन जना जिल्लास्तरीय नेताहरुलाई प्रहरीले घेराबन्दी गरेको सूचना प्राप्त भएको छ । पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसमा रहेका क्रान्तिकारीकी जिल्ला कार्यवाहक अध्यक्ष आस्था नेपाली, सोहि क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र अर्का एक जनालाई समात्न प्रहरीले बाहिर धर्ना दिएको प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई जानकारी दिएका छन् ।

विप्लव नेतृत्वको नेकपानिकट क्रान्तिकारीका नेताहरु सांगठनिक कामको सिलसिलामा क्याम्पसभित्र रहेको सूचनाका आधारमा बिहिबार बिहान ११ बजे नै घुमुवा प्रहरीले त्यहाँ सुराकी गरिरहेको र अहिले थप १ दर्जनको संख्यामा सिभिल प्रहरी गेटबाहिर घेराबन्दी गरेर बसेको बताइएको छ । अहिले विद्यार्थीहरु क्याम्पसभित्र छन् भने प्रहरी क्याम्पसबाहिर गेटमा छ । यता क्रान्तिकारीकी कास्की कार्यवाहक अध्यक्ष आस्था नेपालीले आफूहरु प्रहरीको घेराबन्दीमा रहेको बताएकी छिन । भर्खरै संचारकेन्द्रको टेलिफोन सम्पर्कमा आएकी नेपालीले आफूहरु सांगठनिक कामको सिलसिलामामा क्याम्पसभित्र प्रवेश गरेपछि बाहिर प्रहरीले घेराबन्दी गरेको बताएकी छिन ।

‘सीभिल प्रहरी हामीलाई समात्ने भनेर बाहिर गेटमा बसेको रहेछ, केहि साथीहरु निस्किए पनि प्रकाशजीसहित ३ जना हामी भित्र नै छौं । प्रहरीले यिनीहरुलाई जसरी पनि लाने भन्ने छ भनेर बसेको भन्ने सुनियो । शान्तिपूर्ण तरिकाले हामी आफ्नो सांगठनिक अभियानमा छौं तर सरकारले हामीमाथि किन अपराधिलाई झैँ ब्यबहार गरिरहेको छ थाहा छैन । उनले संचारकेन्द्रसंग भनिन ।

अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय समितिले मंगलबार मात्रै कम्युनिष्ट विद्यार्थी अभियान–२ काे उद्घाटन तथा एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीको स्मृतिमा पृथ्वीनारायण क्याम्पस पोखरामा वृक्षारोपण कार्यक्रम शुरु गरेको थियो । व्यूरो संयोजक बद्री अधिकारीले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । दईहजार वटा विरुवाहरु रोप्ने कार्यक्रम अनुसार पहिलो दिन विद्यार्थीहरुले १२० वटा विरुवाहरु रोपेका थिए । सोहि कार्यक्रम अन्तर्गत विद्यार्थीहरु बिहिबार पनि पृथ्वीनारायण क्याम्पस पुगेका थिए । क्रान्तिकारीले देशभर कम्युनिष्ट बिद्यार्थी अभियान जारी राखेको छ । यता जिल्ला प्रहरी कासकीले भने यस विषयमा केहि बताउन चाहेन ।

प्रतिक्रिया