आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली-प्रचण्डलाई नेकपा युवा दस्ताको चेतावनी- वार्ताको हल्ला फैलाए नेता कार्यकर्ता समात्न बन्द गर

प्रकाशित
2.1K
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले सरकारी दमन र धरपकडको विरोध गर्दै शान्ति सुरक्षाको नाममा ओली-प्रचण्ड सरकारले नागरिकहरुलाई विनाकारण दुःख दिएको बताएको छ । राजनीतिक आस्थाकै आधारमा आफ्ना केन्द्रीय सदस्य शितल विष्टलाई प्रहरीले जुम्लाबाट गिरफ्तार गरेलगत्तै एक विज्ञप्ति सार्वजनिक गर्दै युवा सङ्गठनका अध्यक्ष पाटन जङ्गलीले यस्तो बताएका हुन । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले कामको सिलसिलामा रहेका आफ्नो संगठनका केन्द्रीय सदस्य शितललाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेका छन् ।

अध्यक्ष पाटनले राजनैतिक आस्थाकै आधारमा सरकारले आफ्नो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत देशैभरी सयाैं नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिनाशर्त रिहाईको माग गरेका हुन् । उनले देखावटीरुपमा वार्ताको हल्ला फैलाएर आफ्नो सङ्गठन र पार्टीका नेता कार्यकर्ता समात्ने षडयन्त्र बन्द गर्न ओली-प्रचण्डलाई चेतावनी दिएका छन । बाहिर बार्ताको हल्ला गरेर भित्री रुपमा आफ्नो पार्टीका नेताकार्यकर्ता गिरफ्तार गर्ने योजनामा सरकार रहेको भन्दै सचेत हुनुपर्ने  पनि उनले बताएका छन् ।

‘एकातिर कथित बार्ताको होहल्ला दिने अर्कोतिर हत्या, हिंसा,धरपकड र गिरफ्तारीको श्रीखलालाई तिब्रे गतिमा बढाउदै लगेकोप्रति हामी सबै सचेत रहन जरुरि छ । अध्यक्ष पाटनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज विजय श्रेष्ठ ‘प्रज्वलन’लाई रिहा गर्न काभ्रे जिल्ला अदालतले आदेश दिएको छ । अदालतको आदेशमा रिहालगत्तै केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तारी गरी रुपन्देही लगेको छ ।

सोमबार भएको थुनछेकको बहसपछि अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरी काभ्रे पुर्याएको थियो । बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए । यसअघि गिरफ्तार परेका नेकपाका अन्य नेताहरु भने सोही मुद्दामा बिना धरौटी रिहा भएका थिए ।

नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगै गिरफ्तार गरेको थियो । उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी अभियोग लगाईएकोमा ललितपुर जिल्ला अदालतले जेठ १० गते केन्द्रीय सदस्य श्रेष्ठसहित चार जनालाई साधारण तारेखमा रिहा गरेको थियो । रिहा भएकामध्ये नेता श्रेष्ठ अदालत परिसरबाटै पुनः गिरफ्तार परेका थिए । नेता सुदर्शन भने नख्खु कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया