आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसले २३ नेता-कार्यकर्तामाथि गर्यो यस्तो कारवाही, नामसहित

प्रकाशित
1.1K
SHARES

काठमाडौं । नेपाली कांग्रेसले २३ जना नेता-कार्यकर्तामाथि कारवाही गरेको छ ।  गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै २३ जनाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार २०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै विभिन्न जिल्लाका २३ जना नेता-कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको हो ।“निर्वाचनमा पार्टीको आधिकारिक उमेदवारविरुद्ध वागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जानकारी दिए ।

अनुशासन समितिले निर्वाचनमा वागी उमेदवारी दिएका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गएर उमेदवारी दिएकाहरुको नामावली केन्द्रमा पठाउन बाँकी रहेका जिल्लाहरुलाई तत्काल नामावली पठाउन पुनः निर्देशन दिएको छ । समितिले यसअघि पनि विभिन्न जिल्लामा चुनावमा असहयोग गरेका नेता–कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको दूरसञ्चारसम्बन्धी विधेयकमार्फत् टेलिफोन प्रयोगकर्तामाथि गर्न लागिएको कडाइप्रति कडा आपत्ति जनाएका छन् । ३७ औं वीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लागेको आरोप लगाए ।

उनले अभिव्यक्ति स्वतन्त्रता र मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रता हनन गरी सरकार अधिनायकवादी बाटोमा लागेको बताए । सभापति देउवाले वीपीले स्वतन्त्रता र राष्ट्रियताका लागि ठूलो लडाईं लडेको भन्दै केपी ओली नेतृत्वको सरकारले ल्याएका यस्ता स्वतन्त्रता र मौलिक हक अधिकारविरुद्धको विधेयक संसद्बाट कुनै हालतमा पारित हुन नदिने भन्दै आवश्यक परे सडक संघर्ष थाल्ने चेतावनी दिए । कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा वीपीले धेरै वकालत गरेको भन्दै उनले अंकिकार गरेको प्रणालीअन्तर्गत नै अहिलेको शासन प्रणाली स्थापना भएको बताए । शासन प्रणाली सही भए पनि वर्तमान शासक परिवर्तनको खिलापमा रहेकाले व्यवस्था मजबुत बन्न नसकेको उनको भनाइ थियो । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पुराना राजनीतिज्ञ ढुण्डीराज शास्त्रीलगायतकाले वीपीको राजनीतिक योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया