आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री रेलमा यात्रा गर्दै, राजदूतको निवासमा बास बस्ने

प्रकाशित
2.1K
SHARES

वासिंटन । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकाको तीन दिने औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक अमेरिकाको औपचारिक भ्रमणमा गएका हुन् । अमेरिका पुगेपछि उनी विमानस्थलबाट रेल चढेर बाहिरिएका छन् । आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ इमरान खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका हुन् । स्रोतका अनुसार उनी अमेरिका बसाइका क्रममा पाकिस्तानी राजदूतको निवासमा रहनेछन् । पाँच तारे होटलको साटो उनले अमेरिकी राजदूतको निवासमा बस्ने योजना बनाएका हुन् ।

पाकिस्तान आर्थिक संकटको सामना गरिरहेको छ । देश आर्थिक संकटमा रहेको समयमा फजुल खर्च जोगाउनका लागि प्रधानमन्त्री खानले आफैंबाट पहल थालेका हुन् । स्मरणीय छ, इमरान खानले प्रधानमन्त्री पद सम्हालेलगत्तै सरकारी निवासमा नबस्ने घोषणा गरेका थिए । उनले सामान्य घरलाई नै आफ्नो निवासका रुपमा प्रयोग गर्दै आएका छन् । अमेरिका भ्रमणका क्रममा उनले पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग गरेनन् । उनी कतार एयरवेजको नियमित उडानबाट अमेरिका पुगेका हुन् । इमरान खानले अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रिपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले केही अमेरिकी मन्त्री, सांसदहरुसँग समेत भेटवार्ता गर्ने जनाइएको छ ।

यसैबीच अमेरिकामा केही दिन यता गर्मी एकाएक बढेको छ । आधीभन्दा बढी क्षेत्रको तापक्रम १०० डिग्री फरेनहाइट अर्थात ३७ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । गर्मीका कारण विभिन्न ठाउँमा गरी ८जनाले ज्यान गुमाएको जनाइएको छ । मृत्यु हनेमा पूर्वी अमेरिकाको मेरिल्याण्डका ६ जना रहेका छन् भने मध्य अमेरिकाको अर्कान्सास र एरिजोनाका एक एकजना रहेका छन् ।

गर्मीका कारण अमेरिकाको पूर्वी तथा मध्यक्षेत्रका झण्डै २० करोड मानिस प्रभावित भएका छन् । पूर्वी न्युयोर्कलेखि मध्यपश्चिम मिनेसोटासम्म अत्याधिक गर्मी बढेको छ । गर्मीकै कारण न्युयोर्कमा आइतबारसम्मका लागि स्थानीय संकटकाल घोषणा गरिएको छ । मानिसहरूलाई आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन चेतावनी दिइएको छ । यसैगरी बाल्टिमोर, वासिंटन डिसीलगायतका कैयन सहरमा आपतकालीन योजनाहरू घोषणा गरिएका छन् । चिकित्सकहरूले गर्मीबाट जोगिनका लागि सुझाव दिएका छन् ।

प्रतिक्रिया