आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेपत्ता भएकाे ९१ वर्षपछि काजकीरिया गरिएपछि

प्रकाशित
1.4K
SHARES

काठमाडौं । बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् । जन्मले १०० वर्ष पुगेका नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दू संस्कारअनुसार काजकीरिया थालिएको हो । गत मङ्गलबार कुशको ‘शव’ बनाएर अधिकारीको अन्तिम संस्कार गरिएको छ । सोही दिनदेखि नन्दीकेशरको भाइका एक नाति कुमार अधिकारी कोरा बारेर १३ दिनकै कीरिया बसेका छन् । मान्छेको मृत्यु भएपछि हिन्दू परम्पराअनुसार १३ दिनसम्म कोरा बस्ने, अलिनो खाने, शुभकार्य नगर्ने, बन्धु र आफन्तले सीदा ल्याउने, शोक प्रकट गर्नेलगायतको एउटै प्रक्रिया हुने नन्दीकेशरका अर्का नाति राजनप्रसाद अधिकारीले जानकारी दिए । हिन्दू संस्कारमा ‘नारायणवली’ भनिने यो प्रक्रियामा बेपत्ता भएको मानिस १०० वर्ष हुँदासम्म पनि फेला नपरे मृत्यु भएको मानेर अन्तिम संस्कार गर्ने चलन रहँदै आएको छ ।

राजनका अनुसार विसं १९६५ मा जन्मिएका नन्दीकेशर १९८५ मा परदेश गएका थिए । “हजुरबुबा विदेशिएदेखि नै बेपत्ता भएपछि हिन्दू संस्कारअनुसार अहिले काजकीरिया गर्दैछौँ”, राजनले भने । सात वर्षको उमेरमा विवाह गरेका नन्दीकेशरको श्रीमती बेदमायाको पनि विसं २०४२ मा मृत्यु भइसकेको छ । उनीहरुबाट कुनै जायजन्म भएको थिएन ।  मुलुकी देवानी संहिता २०७४ को भाग–२ व्यक्तिसम्बन्धी कानूनको परिच्छेद–१ को प्राकृतिक व्यक्तिसम्बन्धी व्यवस्थामा कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले १२ वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने उल्लेख छ ।

यसैबीच काठमाडौं महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना ३ ख ७५६१ नम्बरको टिपर पछाडि बा ९२ प ६५६५ नम्बरकाे स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।

प्रतिक्रिया