आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दाहसंस्कार भइरहेको बेला जनकपुरमा भयो यस्तो डरलाग्दो घटना ! [मलामीको भागाभाग]

प्रकाशित
16.9K
SHARES

काठमाडौं । अन्तिम संस्कारका लागि लगिएको श*व प्रहरीले बीचमै नियन्त्रणमा लिएको छ । धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा आ*त्महत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी श*व जलाउन खोजेपछि यस्तो घटना बाहिर आएको हो ।

यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै श*व उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको हो । दागबत्ती दिइसकेपछि श*व जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको अचानक भगाभाग भयो । घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार कार्य भइरहेको थियो । प्रहरीले श*वका साथै घटनास्थलबाट सातजना मलामीलाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । घटनाबारे जानकारी नै नदिई दाहसंस्कार गरिरहेको सूचना पाएपछि प्रहरीको टोली पुगेर श*व पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कील जानकारी दिनुभयो । उहाँका अनुसार आ*त्महत्या भनिए पनि छिमेकीले घटना शंकास्पद रहेको जानकारी गराएपछि प्रहरीले एक्सन लिएको हो । जनवाेलीबाट

प्रतिक्रिया