आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बनेपामा सिरिन्ज आक्रमण दोहोरिएपछि स्थानीय आक्रोशित, प्रहरी चौकी घेराउ, स्थिती तनावग्रस्त

प्रकाशित
1.4K
SHARES

काभ्रे । सोमबार विहान मात्र काभ्रेको बनेपामा दुईवटा सिरिन्ज आक्रमणको घटना दोहोरिएपछि स्था,नीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् । सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई आक्रोशित स्थानीयबासीले कुटपिट गर्न खोजेपछि स्थिती केहीबेर तनावग्रस्त भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक जयराज सापकोटाका अनुसार, सिरिन्ज आक्रमणको आरोपमा स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । सोमबार एकजना बाटोमा हिँडिरहेकी महिला र अर्की बसमा यात्रा गरिरहेकी महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए ।

त्यस्तै जनस्वास्थ्यमाथि खेलबाड गर्न सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्न दिने निर्णय गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको हो। सोही क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु-नेपालटारस्थित ग्रामिण र एनआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको हो। तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता-कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरे। विरोध प्रदर्शनका क्रममा बोल्दै भट्टले भारतसित घुँडा टेक्ने केपी ओली नेतृत्वको सरकार नसच्चिए कडा संघर्ष गर्ने चेतावनी दिए।

उनले कुनैपनि हालतमा विषादीको परीक्षण गरेर मात्रै भारतीय तरकारी आयातको व्यवस्था मिलाइनु पर्नेमा जोड दिए । सो क्रमममा भट्टसहित विद्यार्थी नेता पवन थापा, सन्तोष गुरुङ, ठाकुर नेपाल, स्वेच्छा उप्रेती ,लक्ष्मी सिलवाल, जीवन रानालगायतले मन्तव्य राखेका थिए। आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णयविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए। जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो। यस्तै, २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने, असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया